Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1289




आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

असार २८, पर्वत आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तलेअध्यात्म रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन राष्ट्रियताको विजारोपण गरेको मानिन्छ

 

उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ

 

जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)