Correspondent, ParbatNepal
5 years ago
1248
असार २८, पर्वत । पर्वतको मोदी गाउँपालिकको केन्द्र डिमुवा देखि राम्जा जोड्ने डिमुवा (राम्जा सडकको दोस्रो खण्ड कालोपत्रे गर्ने काम शुरु भएको छ । डिमुवा देखि राम्जा सम्म जोड्ने सडकको रात्माटा देखि स्यानीपोखरी(ठुलीपोखरी(ठाँटी(छाप सडकको आइतबार देखि कालोपत्रे गर्ने काम शुरु भएको हो । सडक कालोपत्रे गर्ने कार्यको नेपाल कम्युनिष्ट पार्टी९नेकपा० पर्वतका इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले एक कार्यक्रमका बिच शिलन्यास गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको आर्थिक
सहयोगमा उक्त सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडक कालोपत्रे गर्नका लागि राष्ट्रिय
सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्नुभएको थियो । सडकको साढे ८ किलोमिटर
खण्ड दुई बर्षभित्रमा कालोपत्रे सक्ने गरि काम शुरु भएको पुर्वाधार बिकास कार्यालय
पर्वतले जानकारी दिएको छ ।
पुर्वाधार बिकास कार्यालय पर्वतका कार्यालय प्रमुख दयाराम अधिकारीका अनुसार ८ दशमलब ८ किलोमिटर सडक कालोपत्रे गर्न भ्याट बाहेक १८ करोड ३९ लाख रुपैया बिनियोजन भएको छ । ८ मिटर चौडा सडकमा नाली र दायाँ बायाको खाली भाग बाहेक साढे ५ मिटर पिच रहनेछ । सडक दुई बर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ।
