Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1711




श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पर्वतका एक युवा कारागार चलान
श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पर्वतका एक युवा कारागार चलान

असार २८, पर्वत श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा यहाँका एक युवा पक्राउ परेका छन् पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर प्रकाउ परेका हुन् उनलाई  जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको

 

असार गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका थिए

 

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु ससुरा जनही लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिनुभयो

 

मृतक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मानसिक यातना दिँदै आएका कारण नै छोरी झुण्डिएर मर्न बाध्य भएको आरोप लगाउनु भएको थियो नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको सिक्री नदिएको भन्दै पटकपटक छोरीलाई यातना दिने गरेको गिताले बताउनुभयो

 

जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा अनुरुप कसुर भएको बताउँदै सोही दफाको नम्बर उप दफा बमोजिम कार्बाही माग दाबी गरिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)