Correspondent, ParbatNepal
8 years ago
1820
रोशन तिवारी माघ १६ पर्वत- वाणीज्यमन्त्री मीनवहादुर विश्वकर्माले शहिदले देखेका सपना पुरा गर्नुपर्नेमा जोड दिएका छन् । पर्वतको सदरमुकाम कुश्मामा रहेको शहीद स्मारक माध्यमिक विद्यालयले आयोजना गरेको शहीद दिवश विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले उक्त कुरा वताएका हुन् । उनले शहिदले देशको हित र उन्नती चाहेर आफ्नो प्राण आहुती गरेको वताउँदै देशको हित र उन्नतीका खातिर सबै जना एकजुट हुनुपर्ने वताए । ‘शहीदले हाम्रा मौलिक हक, देशको मुक्ति, देशमा रहेको असमानताको अन्त्यका लागि जुन योगदान दिए त्यसको हामीले एक एक गरेर मुल्य चुकाउनुपर्छ,’ मन्त्री विश्वकर्माले भने,‘हामीले आज देशमा देखिएका विषम परिस्थीतिको सामना गर्न हामीमा एकता भावना हुनु जरुरी रहेको छ ।
देशमा अहिले संविधान निर्माण भैसकेको र त्यसको जगमा टेकेर स्थानीय तह, प्रतिनिधी र प्रदेशसभाको निर्वाचन भएकोले यस्ता उपलब्धी रक्षा गर्नुपर्ने पनि विश्वकर्माले वताए । ‘चाहे प्रजातन्त्रको प्राप्तीका लागि होस चाहे लोकतान्त्रिक आन्दोलन होस देशमा हुने हरेक आन्दोलनमा ज्यानलाई वाजी राख्ने व्याक्ति कहिल्यै स्वार्थका लागि लडेका होईनन,’ मन्त्री विश्वकर्माले भने,‘उनीहरुले हाम्रै मुक्तिका लागि लडेका हुन उनीहरुलाई हामीले सम्मान गरेनौँ भने उनीहरुको आत्माले हामीलाई सराप्छ ।’
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका विश्वकर्माले वर्तमान सरकार रहरले कुर्ची ओगटेर नवसेको वताए । तीन तहको निर्वाचन सकेर देशलाई नयाँ दिशामा लैजाने संल्प सहित सरकार वनेकाले सबै निर्वाचन सकेर सरकार सहज ढंगले सत्ता हस्तान्तरण गर्न तयार रहेको उनले वताए । राष्ट्रिय सभाको निर्वाचन लगतै सरकार छाड्ने उनले वताएका छन् । अहिले सरकारले गरेका निर्णय जनताको पक्षमा रहेकाले त्यसको विरोध गर्नुको कुनै औचित्य नरहने उनको जिकिर रहेको छ ।
उनले समसामयिक राजनीतिक समस्या समाधानका लागि अव काँग्रेसका कार्यकर्ता गाउँगाउँ पस्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् । पार्टीले अहिले भोगेको पराजय एक व्याक्तिको मात्र गल्तीले नभएको उनले वताएका छन् । ‘अव हामी एकले अर्कोलाई दोष लगाएर हैन भएका गल्तीलाई सच्चाएर जनताको वीचमा जानुपर्छ, उनले भने ।
उक्त कार्यक्रमको अवसरमा शहीद स्मारक माध्यमिक विद्यालयले स्वर्णवर्षको अवसरमा प्रकाशन गरेको स्पन्दन नामक स्मारिकाको समेत मन्त्री विश्वकर्माले विमोचन गरेका छन् । कार्यक्रममा प्रदेशसभाका साँसद ललितकला गुरुङले वोल्दै शहीदले देखाएको वाटोमा अहिलेका पुस्ताले पनि हिँड्नुपर्ने वताईन । विद्यालयका सञ्चालक नवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापती खिमप्रसाद भुसाल, जिसस प्रमुख मनोहर वि। विश्वकर्मा, नेका सचिव विश्वप्रकाश प्रसाई, कुश्मानगरपालीकाका उपप्रमुख सिता काफ्ले लामिछाने, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, प्याव्सन पर्वतका अध्यक्ष वसन्तकुमार कर्माचार्य, प्याव्सनका सल्लाहकार केशवराज पुरी , विद्यार्थी निरुता शर्मा र अनिता पौडेल लगायतले वोलेका थिए । कार्यक्रमको स्वागत विद्यालयका निर्देशक ओमकार गिरी र सञ्चालन मोहन आचार्यले गरेका थिए ।
