Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1254




स्याङजामा कोरोना फैलिएपछि पर्वतका नाकामा कडाई ,मास्क नलगाउनेलाई कारवाही
स्याङजामा कोरोना फैलिएपछि पर्वतका नाकामा कडाई ,मास्क नलगाउनेलाई कारवाही

पर्वत छिमेकी जिल्ला स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको पर्वतको मध्य दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकामाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको हो दक्षिण पर्वतको ब्यापारिक कारोबार आगमन सबै स्याङ्गजा संग निर्भर दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रने हुवास, कार्किनेटा लगायतका नाकामा बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो

 

इलाका प्रशासन इलाका प्रहरी कार्यालय हुवासलाई त्यस क्षेत्रमा भित्रने बाहिरीने सवारी साधनलाई अत्याबश्यक काम बिरामी बाहेक कसैलाई नछाड्न निर्देशन दिइएको प्रजिअ रेग्मीले बताउनुभयो संक्रमणको जोखिम बढेपछि नाकामा कडाई गरिएको प्रजिअ रेग्मीले भन्नुभयोअत्याबश्यक काम बाहेक बाहिर नजान नआउन सबैलाई सचेत बनाइएको

 

संक्रमण फैलन नदिन पर्वतको सदरमुकाम कुस्माबजारमा मास्क नलगाई हिड्नेलाई फेरी काबार्ही गर्न थालिएको भने पर्वतबाट अन्य जिल्लामा जाने सवारी साधनलाई पास अनिवार्य गरिएको झण्डै दुई साता साना सवारी साधनलाई बिना पास पोखरा पठाइएको थियो

 

ठुला बसहरु भने अहिले पनि सञ्चालनमा छैनन अन्तरजिल्ला पास बिना सवारी साधन चलाउने कुरामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले भन्नुभयो कुस्माबजारमा मास्क नलगाई हिड्ने भीडभाड समेत बढेपछि बुधबार दिउँसो देखि प्रहरीले मास्क नलगाउनेलाई काबार्ही गर्न थालेको माइकिङ्ग गर्ने, अनुरोध गर्ने काम मात्रै होइन प्रहरीले बाटोमै समातेर प्रशिक्षण दिन थालेको शुरुमा अनुरोध गर्ने प्रशिक्षण दिने गरिएको उहाँले भन्नुभयोअटेरी भएमा जरिवाना पनि तिराउँछौ।

 

सुरक्षाकर्र्मी सहित समुदायमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्याङ्जामा मंगलबार देखि नै १० दिनको लागि सिल गरिएको न्युज अफ नेपालबाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)