Correspondent, ParbatNepal
5 years ago
1332
साउन २१, पर्वत । समाजसेवी एवम् सफल व्यवसायी विप्लव हमाल कोरोना भाइरस कोभिड–१९ विरुद्ध उल्लेखनीय सामाजिक कार्य गरेवापत सम्मानित हुनुभएको छ । अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक सस्थाद्वारा उहाँलाई ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपाली काँग्रेसका युवा नेता समेत रहेका हमालले लकडाउनका बेला पर्वत, बागलुङ र म्याग्दीका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री तथा विपन्नहरुलाई खाद्यान्न वितरण गदै आउनु भएको थियो ।
विश्वभर कोरोना भाईरस (कोभिड–१९) को महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि नागरिकको सेवामा समार्पित भएको थिए । समस्यामा परेका नागरिकलाई आफ्नो व्यक्तिगत सम्पत्तिको लोभ नमानेर सहयोग गरेँ । अवार्ड पाउँदा एकदम खुशी छु, हमालले भने,‘समाजसेवी कार्य अझै गरिरहेको छु, भविष्यमा पनि गर्नेछु, मूल्याङ्कन समाजले गर्नेछ, समाजसेवी अभियानबाट थाक्नेछैन ।’
हमाल रोटरी क्लब अफ पर्वतका पुर्व अध्यक्ष तथा हाल शिव माध्यमिक बिधालय जलजलाको ब्यबस्थापन समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थामा क्रियाशील हुनुहुन्छ ।
