Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1293




नेपाल स्वयंसेवक संघ पर्वतद्धारा गुप्तेश्वर गुफा क्षेत्रमा सरसफाई
नेपाल स्वयंसेवक संघ पर्वतद्धारा गुप्तेश्वर गुफा क्षेत्रमा सरसफाई

पर्वत जिल्लाको प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफामा सरसफाई गरिएको नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति पर्वतले आज गुप्तेश्वर गुफा वरिपरी सरसफाई गरेको हो संस्थामा आवद्ध युवाहरुको समुहले गुफा वरिपरी सफा गर्नुका साथै फोहोर संकलनका लागि डस्बिन कुचो प्रदान गरिएको संस्थाका अध्यक्ष नोदराज रेग्मी अनिलले जानकारी दिनुभयो साउन महिनामा भक्तजनहरुको भिडभाड बढ्नुले गुफामा प्रदुषण बढेको थियो मौसम प्रतिकुलताको बाबजुद कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि सरसफाईमा उत्रिएको अध्यक्ष रेग्मीले बताउनु भयो

 

सरसफाई कार्यक्रममा सस्थाका सचिव जगदीश शर्मा ,सहसचिव, आदित्य आचार्य ,सदस्यहरु सुमन सुवेदी,एलिना थापा संस्थाका प्रबक्ता दामोदर रेग्मीको उपस्थित रहेको थियो सामजिक कार्य गर्ने उद्देश्यले गठन भएको संस्थाले पहिलो चरणमा गुप्तेश्वर गुफामा सरसफाई गरिएको भावी दिनमा थुप्रै सामजिक काम गर्ने जनाएको

 

हालसम्म यस संस्था ६० जिल्लामा गठन भईसकेको संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कही कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रताको महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघल पर्वत जिल्लामा पूर्ण रुपमा अन्त्य गर्ने सचीव जगदिश शर्माले जनकारी दिनुभयो

 

यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने उहाँले बताउनु भयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)