Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1228




मोती पुस्तकालयद्धारा कोभिडबाट प्रभावित तथा असहायलाई राहत वितरण
मोती पुस्तकालयद्धारा कोभिडबाट प्रभावित तथा असहायलाई राहत वितरण

साउन २७, पर्वत पर्वतको फलेवासमा कोरोना भाइरस कोभिड १९ तथा विपदबाट ग्रसित, सीमान्तकृत, सहाराबिहिन, अपांग तथा जेष्ठ नागरिकहरुलाई राहत वितरण गरिएको

 

रिड नेपाल काठमाडौ, मोती सामुदायिक पुस्तकालय,पर्वत राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय फलेवास पर्वतको संयुक्त सहयोग मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा आज एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरिएको हो १३ परिवारलाई प्रति परिवार २५ सय बराबरको बोरा चामल,दाल, नुन, तेल, मसला, साबुन गरि ३० हजार बराबरको खाद्यान्न वितरण गरिएको मोती सामुदायिक पुस्तकालयका लाइब्रेरीयन ईन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो

 

राहत वितरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिका वडा नं. खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेलले नगरपालिकाले यस अगाडि पीडितलाई खाद्यान्न राहत वितरण गरेको अहिले समस्याका बेला विभिन्न संस्थाहरुले पीडितलाई राहत वितरण गरेकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो त्यस्तै कार्यक्रम बोल्दै फलेवास नगरपालिका वडा नं. देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसालले दुखको बेला राहत प्रदान गर्नु उल्लेखनीय कार्य भएको बताउदै समस्यामा परेका व्यक्तिहरुलाई मानवीय हिसाबले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो

कार्यक्रममा कार्यपालिका सदस्य केशा परियार,राष्ट्रिय बाणिज्य बैंक फलेवास शाखा प्रबन्धक तोरण बहादुर बिश्वकर्मा, ब्रहमाकुमारी ईश्वरीय विश्व बिद्यालय खानीगाउँका प्रमुख जानकी दिज्यु, अहिंसावादी रेडियो पर्वतका स्टेशन म्यानेजर शंकर शर्मा, पुस्तकालय संचालन समिति उपाध्यक्ष सुरक्षा लामिछाने लगायतले बोल्नुभएको थियो मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाको स्वागत मन्तव्य कार्यक्रमको संचालन पुस्तकालय संचालक समिती सदस्य गोविन्द प्रसाद सापकोटाले गर्नुभएको थियो

 

यसैबिच मोती सामुदायिक पुस्तकालयको भवनमा भाडामा रहेका व्यवसायी तथा संस्थालाई महिनाको भाडा छुट दिएको पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपालमा लकडाउन हुदा व्यावसायिहरुलाई पनि प्रत्यक्ष प्रभाव पारेकाले केही राहत होस भनेर असारर महिनाको २० हजार सय भन्दा बढी भाडा छुट गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलले जानकारी दिनुभयो

 

उक्त भवनबाट संचालित रेडियो पर्वत १०३. मेगाहर्जलाई महिनाको १० हजार छुट दिइएको त्यस्तै सुभम खाजा घर,सची कम्प्युटर सेन्टर, अनिता सुनचाँदी पसल, मनिसा सिलाई कटाई सेन्टर सपना खाजा घरलाई भाडा छुट दिएको पौडेलले बताउनुभयो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)