Correspondent, ParbatNepal
5 years ago
1449
पर्वत, असार २६ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेका केन्द्रिय बिभागमा पर्वतका ६ जना सदस्यले ठाउँ पाएका छन । नेपाली कांग्रेसले आइतबार र सोमबार गठन गरेका १० बिभाग मध्ये पर्वतका ६ जनालाई बिभागको सदस्यमा सभापति देउवाले मनोनयन गरेका हुन ।
कांग्रेसको केन्द्रिय संगठन बिभागको सदस्यमा गंगाधर तिवारीलाई मनोनित गरेको छ । तिवारी नेपाली काँग्रेसका महासमिति सदस्य हुन् । राज्य प्रशासन बिभागको सदस्यमा राजेन्द्र तिवारी, मनोनित भएका छन् । तिवारी प्रदेश सभा ‘ख’ २०७४ का उम्मेदवार समेत हुन् । त्यस्तै उद्योग व्यपार बिभागको सदस्यमा नेपाली काँग्रेसका नेता बिप्लब हमाल चयन भएका छन् । हमाल क्रसर व्यवसायी हुन् ।
यता नेपाली काँग्रेसको यातयात ब्यबसायी समन्वय बिभागको सदस्यमा शिब सुबेदी चयन भएका छन् । सुवेदी नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य हुन् । काँग्रेसले मुस्लिम बिभागको सदस्यमा सनम बेगमलाई मनोनित गरेको छ । बेगम नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी हुन् ।
काँग्रेसले साउन ५ गते केन्दीय महिला विभागको केन्द्रिय सदस्यमा महिला नेत्री रेखा गुरुङलाई मनोनित गरेको थियो । गुरुङ नेपाली काँग्रेसकी पूर्व महाधिवेशन प्रतिनिधी हुन् ।
त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यस अघि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुन प्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको प्रमुखमा मनोनित गरेका थिए ।
