Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1289




पर्वतको मोदी गाउँपालिका ४ दिनदेखी अन्धकार
पर्वतको मोदी गाउँपालिका ४ दिनदेखी अन्धकार

२८ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिकामा विगत चार दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । १४।८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रमा जडित स्थानीय स्तरमा वितरण गर्ने ट्रान्सफर्ममा खराबी आएपछि विद्युत सेवा अवरुद्ध बनेको हो ।

मोदी गाउँपालिकाका ८ वटा वडा र कुश्मा नगरपालिकाको  १४ आर्थर डाँडाखर्कमा वितरीत विद्युत प्रशारण लाईनको ट्रान्सफर्मर जलेका कारण विद्युत गत आइतवारदेखि विद्युत सेवा ठप्प बनेको हो । स्थानीय स्तरमा वितरण गर्नका लागि उत्पादन गृहमा जडित ३ एमविए क्षमताको ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत अवरुद्ध भएको मोदीखोला जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर पुरानो हुँदा पटक पटक समस्या आउने गरेको छ ।

बस्नेतका अनुसार १५ एमविए क्षमताका दुई वटा मेन ट्रान्सफर्मर भने नियमित रुपमा सुचारु भएका छन् । केन्द्रीय प्रशारण लाईनमा जडित विद्युतमा कुनै समस्या नभएपनि प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ३३र११ केविएको ट्रान्सफर्ममा खराबी आएको बस्नेतले बताउनुभयो ।

केन्द्र प्रमुख बस्नेतका अनुसार खराबी आएको ट्रान्सफर्मर मर्मतका लागि आयोजनकै प्राविधिक र पोखरावाट समेत प्राविधिक मगाएर प्रयास गरेपनि सम्भव नभएपछि नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि पहल भैरहेको छ । छिमेकी जिल्ला बागलुङ वितरण केन्द्रमा रहेको ३ एमविए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गर्ने प्रयास भैरहेको बताउँदै केन्द्र प्रमुख बस्नेतले कम्तीमा बिहीवार बेलुकासम्मवाट विद्युत सेवा सुचारु हुने जानकारी दिनुभयो । नयाँ जडान गर्ने ट्रान्सफर्ममा कुनै समस्या नभएमा बिहीवार साँझ सम्म विद्युत लाईन सुचारु हुन्छ, अन्यथा केहि दिन लाग्न सक्छ बस्नेतले भन्नुभयो ।

लामो समयसम्म विद्युत सेवा कटौती भएको भन्दै मोदी गाउँपालिकाका बासिन्दाहरु असन्नतुष्ट बनेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)