Correspondent, ParbatNepal
5 years ago
1408
पर्वत । संविधानका पिता एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको ८१ औँ जन्म जयन्तिको अवसरमा पर्वतमा दिप प्रज्जवलन गरिएको छ । सुशील कोइराला शोसोलिष्ट युथ सर्कल जिल्ला कार्यसमिति पर्वतले दिप प्रज्वलन तथा फोटो हस्तान्तरण गरेको हो ।
युथ सर्कल पर्वतका अध्यक्ष सन्तोष पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले स्वर्गिय कोईराला नेपाली राजनितिमा सरल, सहज र सादगी नेता भएको बताउनु भयो । सभापति भुषालले संविधानको पिता कोइराला नै भएको दावी गर्दै उहाँको सपना साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले लोकतान्त्रिक संविधान जारी गरेर मुलुकलाई निकास दिएको भन्दै उहाँको योग्दानलाई कदर गर्न सबैले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरी कुश्मा नगरपालिका मेयर एवम् महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी, महाधिवेशन प्रीतनिधी युवाराज जोशी, कुश्मा नगरपालिकाकी उपमेयर एवम् महाधिवेशन प्रतिनिधी सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वतका सदस्य डाक्टर चुडामणी शर्मा , अर्का जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, नेपाल दलित संघ पर्वतका अध्यष याम परियार ‘शिव’, नेपाल महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल विद्यार्थी संघका उपाध्यक्ष रामचन्द्र पौडेल आर.सी , नेपाल विद्यार्थी संघका उपाध्यक्ष एवम् वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चका अध्यक्ष किशोर सुवेदी, नेपाल विद्यार्थी संघ पर्वतका नेता शिशिर शर्मा लगाएतका नेताहरुले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न कोईरालाले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
उक्त कार्यक्रम संचालन सस्थाका
सचिब बिबेक गिरीले गर्नुभएको थियो ।
