Correspondent, ParbatNepal
5 years ago
2462
साउन २९, पर्वत । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाममा सरकारले लकडाउन शुरु ग¥यो । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने नागरिकहरु सबैभन्दा बढि समस्यामा परेपछि स्थानीय तहका जनप्रतिनिधीले नगरपालिका वा गाउँपालिकाको समन्वयमा राहात वितरण गरे । कतिपय वडा अध्यक्षले व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गरेको समाचार पनि सुन्नमा आयो । तर यहाँका एक वडा अध्यक्षले राहातका लागि वडामा लगेको राहात (खाद्यान्न) लुकाउन खोज्दा कुहिएर काम नलाग्ने अवस्थामा फेला परेको छ । लकडाउनका कारण समस्यामा परेका नागरिकका लागि कुश्मा नगरपालिकाले सोही नगरको १४ नम्वर वडा आर्थरमा पठाएको दाल, चामल, तेल वितरण नै नगरी कुहिएको अवस्थामा फेला परेको छ ।
लकडाउनका कारण समस्यामा परेका नागरिकका लागि नगरपालिकाले पठाईएको २५ बोरा चामल र अन्य खाद्यान्न वितरण नै नगरी कुहिएको स्थानीय रुद्रमोहन रिमालले बताए । कुश्मा नगरपालिकाले लकडाउनका कारण खाद्यसंकट परेकाहरुलाई दाल, चामल, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गर्ने गरी राहत कोषमा जम्मा भएको रकम मार्फत प्रतिवडा वडा चारलाख रुपैयाँ पठाएको थियो । सो रकमबाट खरीद गरिएको राहत सामाग्रीहरु कुहिएको हो ।
आर्थरको पञ्चकोशी माविमा राखिएको राहत कुहिएर गयो तर लकडाउनको समस्यामा परेकाहरुले भने राहत नपाएको स्थानीयको गुनासो छ । नगरपालिकाले प्रत्येक वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रतिवडा चारलाख बराबरको राहत पठाइएको तर वडाले के कसरी वितरण गरेका छन् भन्नेबारे कुनै जानकारी नआएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले वडामा पठाएको राहात सामानको जिम्मा वडा कार्यालयले नै जिम्मा लिएको तर राहातका लागि पठाइएको खाद्य सामाग्री कुहिएको सूचना आउनु गलत भएको बताए । सो वडाका वडा अध्यक्ष भिमप्रसाद गुरुङले भने यसबारेमा जानकारी लिन खोज्दा कुनैपनि प्रतिक्रया दिन चाहेनन् ।नवदृष्टि अनलाईनवाट सभार
