Correspondent, ParbatNepal
8 years ago
1835
रोशन तिवारी माघ १८ पर्वत- सदरमुकाम कुश्माको फोहोर व्यवस्थापन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सदरमुकाम समेत रहेको कुश्मावजारको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईड वनाउने नगरपालीकाको योजना छ । त्यसका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालीकाका प्रसासनिक अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए । नगरपालीकाले ल्याण्डफिल्ड साईड वनाउने योजना परिषदवाट सर्वसम्मत पारित गरेर कार्यान्वयन गर्ने चरणमा रहेको लामिछानेले वताए । उनले नगरपालीका कहाँ ल्याण्डफिल्ड साईड वनाउने भन्ने वारेमा सोचिरहेको जानकारी दिए ।
‘चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ वजेट विनियोजन भएको छ,’प्रसासकिय अधिकृत लामिछानेले भने,‘हामीलाई अहिले समस्या भनेको कहाँ वनाउने भन्ने हो ।’ नगरपालीकाले अहिले फालिरहेको ठाउँमा वनाउने कि अन्यत्रै वनाउने भनेर सोचिरहेको लामिछाने वताए । ‘ यो वर्षभित्रै उपयुक्त ठाउँ खोजेर काम शुरु गर्ने योजना रहेको छ, उनले भनेका छन् ।
अहिले नगरपालीकाको फोहोर व्यवस्थापनको जिम्मा एक गैह्रसरकारी संस्था सफा कुश्माका लागि सामुहिक अभियान नामक संस्थाले लिएको छ । उक्त संस्थालाई नगरपालीकाले फोहोर फाल्ने जिम्मा दिएको छ । ‘दुई दशक देखि त्यहि संस्थाले फोहोर फाल्दै आएको भएर नगरपालीकाले सवारी साधान दिएर फोहोर फाल्ने जिम्मा दिएको हो,’नगरप्रमुख रामचन्द्र जोशीले भने,‘ल्याण्डफिल्ड साईड वनाएपछि नगरपालीकाले नै जिम्मा लिने कि के गर्ने भन्नेवारेमा छलफल अगाडी वढेको छ ।’ फोहोर व्यवस्थापन नगरपालीको चुनौतीको विषय रहेको जोशीले जनाएका छन् ।
सदरमुकाम क्षेत्रमा फोहोर व्यवस्थापनलाई ध्यान दिएर नगरपालीकाले ल्याण्डफिल्ड साईड वनाउने योजनालाई प्राथमिक योजनामा राखेको नगरप्रमुख जोशीले वताए । उनले आफुले यो योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।
सदरमुकाम समेत रहेको कुश्मा वजारमा अहिलेसम्म ल्याण्डफिल्ड नहुँदा पोखरा–वागलुङ राजमार्गको छेउखण्ड अर्मादी र वडागाउँ स्थित पर्यटकिय क्षेत्र अग्लो पुल छेउवाट मोदीखोलाको तिरमा फोहोर फाल्ने गरिएको छ । यसरी फोहोर फाल्दा राजमार्ग र नदी दुर्गन्धित वनेको छ । राजमार्गमा फोहोरको डगुंर थुप्रिँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ । उता मोदीमा मिसाइएको फोहोर कालीगण्डकी नदीमा मिसिन्छ । यसक्षेत्रकै पवित्र मोदीवेनीधाम पनि फोहोरका कारण दुर्गन्धित भएको छ ।
अग्लो पुलमा घुम्न आउने पर्यटकहरु समेत फोहोरका कारण हैरान पर्ने गरेको गुनासो गर्छन । पर्वत सदरमुकाममा दैनिक १०÷१५ टन फोहोर उत्पादन हुने गरेको छ । दैनिक उत्पादन हुने फोहोर खुल्ला ठाउँमा विर्सजन गर्दा वाताबरणलाई प्रत्यक्ष असर गरेको छ । मरेका र सडेका जनावर समेत फोहोर संगै फाल्ने गरिएको छ । मुख्य पर्यटकिय क्षेत्रमा फालिने फोहोरले यहाँ आउने पर्यटकहरुलाई हैरान पार्ने गरेको पर्वत पर्यटन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलले वताए । ‘यहाँ आउने पर्यटकहरुले फोहोरको वारेमा संधै गुनासो गरिरहन्छन्,’ पौडेलले भने,‘एकातिर पर्यटकलाई समस्या अर्कोतिर वाताबरण प्रदुषण पनि वढिरहेको छ यसवारेमा नगरपालीकाले उचित विकल्प सोच्नै पर्छ ।’
तस्विर ः ल्याण्डफिल्ड साईडको अभावमा पोखरा–वागलुङ राजमार्गकै छेउ अर्मादीमा फालिएको फोहोरको थुप्रो । यहाँ फोहोर फालिँदा वाताबरण प्रदुषण भएको छ ।
