Correspondent, ParbatNepal
5 years ago
1238
साउन ३१, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं। १० पिपलटारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँलाई बृक्षारोपणको माध्यमवाट हरियाली र हराभरा बनाउने उद्धेश्यले असार र साउन महिनामा गरी साढे ८ सय भन्दा बढि बिरुवाहरु रोपण गरिएको हो । नेकपाका नेता तथा राजनीतिक व्यक्तित्व गणेश शर्मा पौडेलको पहलमा डिभीजन वन कार्यालय पर्वतको सहयोगमा एकोहोरे सामुदायिक वनको व्यवस्थापनमा बृक्षारोपण गरिएको हो ।
आँप, चाप, निम, बास, कुरिलो, लगायतका बिरुवाहरु रोपण गरिएको स्थानीय सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एकोहोरे सामुदायिक बन र व्यक्तिका खाली तथा पाखो जमिनमा बिरुवा रोपिएको हो । बृक्षारोपण गर्नका लागि स्थानीय युवा तथा महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा नेकपाका नेता गणेश शर्मा पौडेलले अनावश्यक रुखहरु हुर्काएर बन क्षेत्र बढाउनुभन्दा प्रत्यक्ष फाईदा लिन सकिने रुखहरु रोप्नमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बन जोगाउनमा मात्र केन्द्रीत नभई यसवाट उपभोक्ताहरुलाई प्रत्यक्ष फाईदा हुने खालका कार्यक्रमहरु सरकारले अघि बढाउनुपर्ने नेता पौडेलको भनाई रहेको थियो ।
