Correspondent, ParbatNepal
8 years ago
1742
रोशन तिवारी माघ १८ पर्वत । एचआईभी÷एड्स रोग संक्रमितहरु समाजमा खुल्न थालेका छन् । विभिन्न सरकारी तथा गैहु्रसरकारी संस्थाहरुले चलाएको उपचारात्मक प्रक्रिया र सचेतना कार्यक्रमका कारण संक्रमित खुल्न थालेको पाइएको हो । अन्य रोग जस्तै एचआईभी÷एड्सवाट संक्रमितहरु समाजका विभिन्न सामाजिक कृयाकलावमा सहभागी हुन थालेका छन् भने आत्मानिर्भरता तर्फ पनि लागेको पाईएको छ ।
मंगलवार जिल्लामा भएको सरोकारवाला प्रतिनिधीहरुको वैठकमा यहाँका एचआईभी÷एड्स संक्रमित हरुको अवस्थाका बारेमा छलफल भएको थियो । सेभ द चिल्डे«नको सहयोगमा कम्युनिटी सपोर्ट ग्रुपले आयोजना गरेको कार्यक्रममा संक्रमितहरु खुल्न थालेको जानकारी दिइएको हो । संक्रमितहरु संस्थाको सम्पर्क आएपछि उपचार तर्फ लागेको र उपचार पश्चात संस्थाले दिने सचेतनामुलुक तालीमले उनीहरुमा आत्माविश्वास वढेको दावी गरिएको छ ।
जिल्लामा सञ्चालनमा रहेको कम्युनिटी सपोर्ट ग्रुपले संक्रमितहरुलाई स्वास्थ्य कार्यालयको समन्वयमा एआरटी सेवा प्रदान गर्ने गरेको छ । आत्मानिर्भर सम्वन्धी तालीम र उपचार सेवाले संक्रमितको आत्माविश्वास वढेर उनीहरु सामाजिक कार्य र आत्मानिर्भरको वाटोमा लागेको संस्थाका कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए । ‘केहिले अहिले कुखुरापालन गरिरहेका छन् केहिले च्याउखेती गरेका छन्,‘ उनले भने, संक्रमितहरु यसरी व्यवसायमा लाग्दा उनीहरुले आफुलाई रोग लागेको वारेमा चिन्ता गर्ने मौका पाउँदो रहेनछन् ।’ उनका अनुसार जिल्लामा संक्रमित पुरुषको संख्या ४७ र महिलाको संख्या ६९ र वालवालीकाको संख्या ७ रहेको छ ।
संस्थाका अनुसार १५ जनाले कुखुरापालन गरेर आत्मानिर्भर भएका छन् । त्यसका लागि संस्थाले आर्थिक सहयोग गरेको छ । जिल्लामा एआरटी लिने विरामीको संख्या ५४ रहेको उनले वताए । संस्थाले कृषि, पशुपालन, तरकारीखेती, होजियारी, सिलाई कटाई सम्वन्धी तालीम चलाउने गरेको संस्थाका वित्तिय सहायक ताराखर पाठकले जानकारी दिए ।
