Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1460




अस्पतालमा उपचाररत लक्ष्मीलाई गास काटेर सहयोग जुटाईँदै
अस्पतालमा उपचाररत लक्ष्मीलाई गास काटेर सहयोग जुटाईँदै

२०७७ मंसिर १५ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी ४५ वर्षिय लक्ष्मी जैसी तिवारी रुखबाट लडेर घाईते भई अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् । पोखरा स्थित हरियोखर्क अस्पतालमा भर्ना भएकी लक्ष्मीको मेरुदण्ड दुई टुक्रा भएर भाँचिएको छ नसा समेत चुँडिएपछि कम्मरभन्दा तलको भाग चल्दैन । उनको आर्थिक अवस्था कमजोर हुँदा औषधोपचारमा समस्या भएको बारेमा देश बिदेशमा खबर पुगेपछि अहिले सहयोगी मन भएका व्याक्तिहरुले गास काटेर सहयोग जुटाईरहेका छन् । देश कोरोना भाईरसको सन्त्रासमा छ ।

 धेरैको रोजगारी र आर्थिक उपार्जनका बाटो बन्द छन् । तर पनि देशबिदेश बाट गास काटेर र खल्ती टकटकाएर भएपनि सहयोग गरिरहेको लक्ष्मी जैसी तिवारी आर्थिक तथा उपचार सहयोग अभियानका अभियान्ता बिनोद तिवारीले जानकारी दिए । पर्वत नेपाल डटकम सहित अन्य विभिन्न मनकारी सञ्चारमाध्यमले लक्ष्मीको उपचारमा आर्थिक समस्या भएको बारेमा समाचार प्रकाशन गरेपछि सोहि समाचार मार्फत धेरैको बिचमा लक्ष्मीको अवस्थाका बारेमा खबर फैलिएको थियो । घरमा आम्दानीको कुनै माध्यम नहुँदा खेतीकिसान र ऋणधन गरेर परिवारको गर्जो टार्दै आएको लक्ष्मीको परिवार अहिले बिलखबन्दमा परेको छ । 

मंसीर ७ गते रुख बाट लडेर घाईते भएकी लक्ष्मीको अवस्था गम्भीर छ भने आर्थिक समस्या रहेको कमल जैसी तिवारीको आर्थिक अवस्था पनि दयनिय छ । उनको गम्भीर अवस्थालाई ख्याल गर्दै गाउँ देखि शहर तथा बिदेशसम्मबाट उनलाई आर्थिक सहयोग आउन थालेको छ । अभियान नै चलाएर सहयोग जुटाउने काम भैरहेको उनका जेठाजुका छोरा रहेका पत्रकार रोशन तिवारीले जानकारी दिए । 

‘हामीले फोन गरेर वा पत्र काटेर सहयोग गर्नुहोस भनेका छैनौँ,’ तिवारीले भने,‘हामी सहयोग गछौँ भन्ने महानुभावहरुलाई हुन्छ गर्नुहोस भनेको हुनाले सहयोग गर्ने बढ्दै जानुभएको छ ।’ कसैलाई पनि करकापले नभई क्षमताले भ्याएसम्मको सहयोग गर्न उनले अनुरोध गरे । 


उनको उपचारमा ५ लाख भन्दा बढि खर्च हुने अस्पतालले जानकारी दिएको तिवारीले बताए । अहिलेसम्म डेढ लाख जति रकम संकलन भएको उनले बताए । कतिपयले आर्थिक सहयोग गर्ने बाचा दिएको हुनाले समग्र हिसावकिताव गर्न बाँकी रहेको तिवारीले सुनाए । लक्ष्मीको गाउँ शंकरपोखरी मात्रै नभई समग्र पर्वत जिल्ला, उनको माईती गाउँ बागलुङको दमेक तथा पर्वत र बागलुङबाट बिदेशमा रहेर विभिन्न पेशा व्यवसाय गर्ने व्याक्तिहरुले लक्ष्मी बचाउन अभियान सञ्चालन गरि सहयोग संकलन गरिरहेका छन् । 

अस्पतालमा उपचाररत लक्ष्मी जैसी तिवारीको जीवनरक्षा तथा पुनस्र्थापनामा सहयोग गर्न उनका दाजु केशव सापकोटाले अनुरोध गरेका छन् । बैनीको जीवनरक्षाका लागि दमेक बाट बिदेशमा पुगेका गाउँले दाजुभाईहरु संग कुराकानी भैरहेको दाजु केशवले बताए । 

हाम्रो अनुरोध 

पर्वत नेपाल डटकमले पनि तिवारीको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ । हाम्रो टिम उहाँको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्दछ । उनलाई सहयोग गर्न चाहनेहरुले गरिमा विकास बैँक फलेवास शाखामा रहेको लक्ष्मी जैसीको खाता नम्बर ०१३०१३००८३६९०९०००००१  वा एनआईसी एसिया बैँक कुश्मामा शाखामा रहेको रोशनप्रसाद तिवारीको नाममा रहेको खाता नम्बर ७९८७८१५७६८५२४००१ मा आर्थिक सहयोग गर्न सक्नुहुन्छ । आर्थिक सहयोगको विवरण एकमुष्ठ रुपमा यहि अनलाईन मार्फत प्रकाशन हुने पारिवारिक स्रोतले जनाएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)