Correspondent, ParbatNepal
5 years ago
1178
मंसिर १६ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाको सेवा भोली मंसिर १७ गतेदेखि पुन ः सुचारु हुने भएको छ । समूदायमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले दिने सेवा र गाउँपालिकाको केन्द्र तथा बजार क्षेत्रमा मंसिर १२ गते देखि निषेधाज्ञा जारी भएको थियो । गाउँपालिकामा कार्यरत कर्मचारी समेत कोरोना संक्रमित भएका छन् ।
कर्मचारी र सेवाग्राही समेत संक्रमित भएपछि बन्द भएको सेवा भोलीबाट स्वास्थ्य मापदण्ड पालना गरि सुचारु गरिने प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले पैयुँबाट पठाईएका सबै स्वावको नतिजा आईसकेको र पछिल्लो पटक कन्ट्याक्ट ट्रेसिङ नगरिएको जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएको खण्डमा फेरि कन्टयाक्ट ट्रेसिङ हुने पौडेलले बताउनुभएको छ । गाउँपालिकाको प्रसासनिक सेवा, योजना सम्झौता, भुक्तानीका काम रोकिएका छन् ।
त्यस्तै बजार क्षेत्रमा निषेधाज्ञा हुँदा जनजीवन समेत प्रभावित भएको छ । कोरोना समूदायमा फैलिन नदिन गरिएको निषेधाज्ञा खुल्ला गरेपनि स्वास्थ्य मापदण्डको पालनामा भने कडाई गरिने भएको छ । संक्रमित भएकाहरु गाउँपालिकाको कोभिड अस्पताल र होम आइसोलेसनमा छन् । अहिले सम्म कसैमा पनि गम्भिर लक्षण देखिएका छैनन् ।
