Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1328




लक्ष्मी तिवारीको उपचारमा अमेरिकाबाट एक लाख बत्तिस हजार सहयोग
लक्ष्मी तिवारीको उपचारमा अमेरिकाबाट एक लाख बत्तिस हजार सहयोग


मंसिर १७ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरुले एक लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अमेरिकामा रहेका बिजयराज भुसालको अगुवाईमा भएको सहयोग संकलन अभियान बाट उक्त सहयोग जुटेको हो । लक्ष्मीको आर्थिक अवस्था कमजोर रहेको बारेमा खबर पाएका अमेरिकामा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेको भुसालले बताउनुभयो । अमेरिकामा संकलन भएको रकम नेपाल स्थित प्रतिनिधी मार्फत वितरण गरिने जनाईएको छ । 

पर्वत नेपाल डटकम सहित विभिन्न संस्था र व्याक्तिहरुले सहयोग संकलनमा सहजीकरण गरिरहेका छन् । सहयोगदाताहरुले दिएको आर्थिक सहायता लक्ष्मीको उपचार तथा पुनस्र्थापनामा पारदर्शी रुपमा खर्च गर्न पत्रकार तथा पीडितका छोरा रोशन तिवारी, शेखर तिवारी, बिनोद तिवारी, नवकालिका यूवा क्लव , काठमाण्डौँमा नलप्रसाद तिवारी, चन्द्रदत्त तिवारी, जापानमा गोबिन्द तिवारी रसिक, अमेरिकामा विजयराज भुसाल , कतारमा अजय विसी लगायतले आर्थिक संकलन अभियान चलाईरहेका छन् । 

लक्ष्मी जैसी तिवारीको उपचारमा गास कटाएर सहयोग जुटाउने अभियान चलिरहेको पारिवारिक स्रोतले जनाएको छ । मेरुदण्डको हाड सहित नसा समेत क्षती भएपछि लक्ष्मीको पोखरा स्थित हरियोखर्क अस्पतालमा उपचार भैरहेको छ । अमेरिकाबाट प्राप्त सहयोग प्रति परिवारको तर्फबाट धन्यबाद व्यक्त गरिएको छ ।

अमेरिकाबाट सहयोग गर्ने दाताहरुको विवरण निम्नानुसार छ ।

 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)