Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1157




कालीगण्डकी करिडोर बिस्तारका लागि टेण्डर आव्हान, फलेवास नगरपालिकाको पहल
कालीगण्डकी करिडोर बिस्तारका लागि टेण्डर आव्हान, फलेवास नगरपालिकाको पहल

मंसिर २१ पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोल पत्र आब्हान भएको छ । कालीगण्डकी करिडोर सडक पाल्पाले सडक कालोपत्रेको लागि बहुबर्षिय ठेक्काको आब्हान गरेको हो । यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । दुई देश जोड्ने सडकको निर्माण कार्य भने सुस्त गतिमा अघि बढिरहेको बेलामा टेण्डर आव्हान भएपछि यो सडकको कामले गति लिने विश्वास बढेको छ । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । 

सोहि खण्डमा चालु बर्षमा नै काम शुरु हुने गरी ठेक्का आब्हान भएको कालीगण्डकी करिडोर पाल्पाका प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । कार्यालयले १ अर्व २४ करोड रुपैंयाको लागतमा सडक कालोपत्रेका लागि ठेक्का आब्हान गरेको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफुहरुको प्रयास सफल भएको बताउनुभयो । 

फलेवास नगरपालिकाले असोज ६ गते सरोकारवालाहरुको बैठक बसेर कालीगण्डकी करिडोरको बिस्तारका लागि आवश्यक बजेट बिनियोजन गर्न सिफारिस गरेको थियो । नगर प्रमुख पदमपाणी शर्मा, प्रमुख प्रसासकिय अधिकृत मुक्तिराम रिजाल, कालीगण्डकी करिडोर आयोजना कार्यालयका प्रमुख सुबोध देवकोटा, ईन्जिनियर अर्जुन नेपाली तथा जनप्रतिनिधीहरुको सहभागितामा भएको बृहत छलफलले संघीय सरकारलाई आवश्यक बजेट बिनियोजन गरि टेण्डर आव्हान गर्न प्रस्ताव गरेको थियो । 


संघीय सरकारले हालै टेण्डर सार्वजनिक गरेपछि गौरवको आयोजनाले गति लिन थालेको फलेवास नगरपालिका ११ का वडाध्यक्ष जीतबहादुर सुनारले बताउनुभयो । यस अघि सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु गरीसकेको छ । लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ ।

सडक खण्डको रानीपानी देखि फलेवास ढिकसम्मक स्तराउन्नतीको काम भने अनितम चरणमा पुगेको छ । सडक खण्डमा अर्मादी देखि मोदीवेणीसम्मको सडकको ट्रयाक्क समेत पुरा भएको छैन । यो सडकको सवै खण्ड पुरा हुँदा उत्तर देखि दक्षिणी क्षेत्रको यात्रा सहज हुनेछ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)