Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1422




पर्वतमा बाँसखर्कको सुन्तलामा औँसा किरा
पर्वतमा बाँसखर्कको सुन्तलामा औँसा किरा


पुष १२ पर्वत । पर्वतको बाँसखर्कमा सुन्तलामा औँसा किराले आक्रमण गरेपछि किसान चिन्तामा परेका छन् । सुन्तला पाकेर बजार पठाउने तयारी भैरहेको समयमा किराका कारण दाना पहेँलो भएर झर्ने समस्या देखिएको छ । जिल्लाको सबैभन्दा बढि सुन्तला खेती हुँदै आएको बाँसखर्कमा बिगत वर्षमा राम्रो उत्पादन भएपनि यो वर्ष औँसा किराको प्रकोप देखिएको अगुवा किसान जगतवहादुर खत्रीले बताउनुभयो । 

गतवर्ष यो गाउँबाट ५ करोडको सुन्तला विक्री भएको थियो । यो वर्ष फुल फुल्ने देखि पाक्ने बेला सम्म मौसम राम्रो भएपनि पाक्ने बेलामा भने अनौठो किसीमले फल कुहिने समस्या देखिएको खत्रीले जानकारी दिनुभयो । सुन्तलाका दाना कुहिएर झर्न थालेपछि किसानले संकलन गरेर मालखादमा पुर्दै आएका छन् । यहाँका २६१ घर परिवार मध्ये करिव २ सय घर परिवारले अन्य खेतीपाती छोडेर सुन्तला उत्पादन गर्दै आएका छन् । किसानहरु सुन्तलाबाटै घरखर्च चलाउँदै आएका छन् भने कतिपयले घरघडेरी जोडेका छन् ।

 किराका कारण किसानहरुले आधा पनि आम्दानी गर्न नसक्ने अवस्था रहेको चन्द्रकुमारी भण्डारीले बताउनुभयो । उहाँले गतवर्ष आठ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । यो वर्ष भने मंसिर देखि फल झर्ने समस्या देखिएको भण्डारीले बताउनुभयो । किसानले मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा वर्षेनी लाखभन्दा बढी खर्च हुन किसानले बताए । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवन सम्मका बजार पु¥याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उहाँले बताउनुभयो ।

किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागु भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । 

जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गर्नुभयो । पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताउनुभयो । मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)