Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1272




डिल्लीराम लामिछानेको स्मृति दिवशमा विभिन्न कार्यक्रम
डिल्लीराम लामिछानेको स्मृति दिवशमा विभिन्न कार्यक्रम

पुष १३ पर्वत । पर्वतका सामाजिक एवम् राजनितिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ‘अबको हाम्रो साझा अभियान, समृद्ध समाजको परिकल्पना डिल्लीराम प्रतिष्ठान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले  स्वर्गिय डिल्लीराम लामिछाने जिल्लाको असल र कर्मविर व्यक्ति भएको बताउनु भयो । नेता जोशीले पर्वतको राजनितिक तथा सामाजिक क्षेत्रमा स्वर्गिय लामिछानेको महत्वपूर्ण योगदान रहेको चर्चा गदै स्वर्गिय लामिछानेले समाज रुपमान्तरणका लागि देखेका सबै सपनाहरुलाई पुरा गर्ने आफु प्रतिवद्ध रहेको बताउनु भयो । 

स्वर्गिय डिल्लीराम लामिछाने आफ्नो राजनिति यात्राको कुशल अभिभावक रहेको जिकिर गदै नेता जोशीले लामिछानेको अभाव पार्टी र समाजलाई सँधै खड्किरहने बताउनु भयो । पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दैै नेता जोशीले गुटगत राजनीति त्याग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,‘ थानकोट काटेर गएपछि जुनसुकै नेताका पछि लाग्नुस तर जिल्लामा तपाई काँग्रेस हो । कुनै गुटमा नलाग्नुहोस । जोशीले गुटले पार्टीलाई विभाजन गराएको भन्दै गुट फुटाउन कार्यकर्ताहरुले दवाव दिनुपर्छ भन्नुभयो । 

नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले स्वर्गीय लामिछानेको जीवनीबाट असल सामाजिक ब्यत्ति,सर्वहारा राजनितिज्ञको पाठ सिक्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्री, नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिके, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाल विद्यार्थी संघका नेता डिल्ली सुवेदी, कुश्मा नगरपालिका–४ की वडा अध्यक्ष मिना कर्माचार्य, नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष केशबदास वैरागी लगायतले बोल्दै स्वर्गीय डिल्लीराम लामिछानेबाट सामाजिक ब्यक्तिमा हुनुपर्ने गुणहरु अनुशरण गर्न आग्रह गर्नुभएको छ । 

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख तथा स्वर्गिय डिल्लीराम लामिछानेका धर्मपत्नी एवं प्रतिष्ठानका संरक्षक सीता काफ्ले लामिछानले स्मृति प्रतिष्ठानलाई साझा संस्थाको रुपमा विकास गर्न र संस्थाको माध्यमबाट बञ्चितीमा परेको समुदायको हितका निम्ति काम गर्न संस्थाका पदाधीकारीहरुसँग आग्रह गर्नुभएको थियो । 

उहाँले स्वर्गीय डिल्लीराम लामिछानेले अनुशरण गरेको सत्यकर्मलाई जीवनत साँची राख्न आफु त्रियाशिल रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपाल पर्वतका अध्यक्ष राजिव लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य हिरामणी सापकोटा र कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सचिव पार्वती उपाध्यायले गर्नुभएका थियो । २०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका डिल्लीराम लामिछानेको ब्रेन ट्युमरको कारण ४७ बर्षको उमेरमा गत २०७२ साल पौष १२ गते निधन भएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)