Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1546




शिक्षक माग्दै कुश्माका मेयरलाई विद्यार्थीले घेरे
शिक्षक माग्दै कुश्माका मेयरलाई विद्यार्थीले घेरे


पुष १४ पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ सिल्मीमा रहेको विश्वज्योती माविका विद्यार्थीहरुले कम्यूटर शिक्षकको माग गरेका छन् । एक महिना अगाडी विद्यालयमा खाली रहेको अंग्रेजी विषयको दरबन्दीमा शिक्षक नियुक्ती भएपछि विद्यार्थीहरुले भने कम्यूटर शिक्षकको माग गरेका छन् । 

सोमवार विद्यालयमा तालाबन्दी गरेर शिक्षकको नेतृत्वमा कुश्मा नगरपालिकामा आएका बिद्यार्थीहरुले आफुहरुलाई अंग्रेजी माध्यमको शिक्षक नभई कम्यूटर शिक्षक चाहिएको भन्दै तत्काल माग सम्बोधन गर्न अनुरोध गरेका छन् । नगरप्रमुख रामचन्द्र जोशीलाई विद्यार्थीहरुले घेरेर आफ्ना माग राखेका छन् । विद्यार्थीहरुको माग लाई आफुले गम्भिरता पूर्वक लिएको बताउँदै नगरप्रमुख जोशीले समस्या समाधानका उपायहरुको खोजी गर्ने आश्वसन दिनुभएको छ । 

उहाँले शिक्षा सम्बन्ध निकायमा छलफल गरेर उचित निकाश निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त विद्यालयमा एउटा दरबन्दी अंग्रेजी शिक्षकको मात्रै रहेको हुनाले अंग्रेजी शिक्षक खुल्ला बिज्ञापन मार्फत पदपुर्ती गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद तिवारीले शिक्षा ऐनलाई टेकेर शिक्षक नियुक्ती गरिएको र ऐन विपरित काम गर्न नसकिने बताउनुभएको छ । कम्प्यूटर शिक्षकको दरबन्दी नै नहुने र विद्यालयको नीजि स्रोत बाट राख्नुपर्ने नियम रहेको तिवारीले जिकिर गर्नुभयो । 

अंग्रेजी विषयको शिक्षकको दरबन्दी खाली भएको हुनाले नगरपालिकाको शिक्षा शाखा मार्फत अनुमती लिएर बिज्ञापन खुलाएको र सोहि अनुसार शिक्षक नियुक्ती गरेकाले निर्णय फेरिने संभावना छैन । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समितिलाई नीजि स्रोतको शिक्षक राख्न अनुरोध गर्न र विद्यालय व्यवस्थापन समितिले स्रोत खोजेर शिक्षक राख्न सक्ने शिक्षा प्रमुख तिवारीले बताउनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)