Author
Roshan Tiwari
Correspondent, ParbatNepal
5 years ago
2531
पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा रिदम लाई डेढलाख सहयोग
माघ २७ लण्डन । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटाका ४ वर्षिय बालक रिदम शर्माको उपचारका लागि पर्वत वेलफेयर सोसाईटी यूकेले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ । ब्रेन टयूमरको उपचार गराईरहेका रिदमको आर्थिक अवस्था कमजोर रहेका कारण सोसाईटीले उक्त सहयोग उपलब्ध गराएको हो ।
रिदमको उपचारमा लाखौँ खर्च हुने भएपछि परिवारले सहयोगको याचना गरेका थिए । परिवारको आग्रह अनुसार रिदमको स्वास्थ्य सुधारको कामना सहित सहयोग गरिएको पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले बताउनुभयो ।
अध्यक्ष आलेले यो सानो सहयोग भएपनि बिरामी बालकको सुस्वास्थ्यको कामना गर्दै सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । सहयोग प्रति रिदमका वुवा रुद्र शर्मा पौडेलले आभार व्यक्त गर्नुभएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2289
सम्बन्धित समाचार ( मुख्य खबर)
