Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1095




पर्वत उद्योग वाणिज्य संघ निर्वाचनको सरगर्मी शुरु
पर्वत उद्योग वाणिज्य संघ निर्वाचनको सरगर्मी शुरु


फागुन २३ पर्वत । उद्योग बाणिज्य संघ पर्वतको अध्यक्षमा नेकपा र काँग्रेस निकट व्यावसायीका बिचमा कडा प्रतिष्पर्धा हुने भएको छ । दुई प्यानल बनाएर यसपाली पनि निर्वाचनमा होमिने पक्कापक्की देखिएको छ । यद्यपी सहमतीका लागि प्रर्याप्त समय छ । तर, विगत जस्तै यसपाली पनि उद्योगी व्यावसायीको चुनाव राजनीतिक चुनाव भन्दा फरक नहुने देखिएको छ । नेकपा निकट गोपी अधिकारी र काँग्रेस निकट शिव शर्मा पौडेलले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् । दुबैले एक महिना देखि मत माग्न शुरु गरेका छन् । व्यावसायीको हकहितमा काम गर्ने भन्दै चुनावी मैदानमा उत्रिएका व्यावसायीले राजनीतिक दलको फेरो समातेपछि सहमती हुनेमा आशंका छ । 

नेकपाको ओली पक्ष र माधव प्रचण्ड समूहको साझा उम्मेदवारको रुपमा गोपी अधिकारीले शनिवार उम्मेदवारी घोषणा गरेका छन् । होटल बन्दनामा ओली पक्षका र माधव प्रचण्ड पक्षका नेतालाई छेउछाउमा राखेर अधिकारीले आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी प्रस्तुत गरेका हुन् । अधिकारी प्रचण्ड निकट भएपनि कुनै पक्षमा खुलेका थिएनन किनकी उनलाई कुनै समूहमा खुल्दा बेफाईदा हुने राम्रै हेक्का थियो । दुई समूहमा विभाजित नेकपाको साझा उम्मेदवार बन्न उनले गरेको प्रयास अन्तत सफल भएको छ । उनलाई नेकपाको दुबै समूहले समर्थन गरेको उम्मेदवारी घोषणाको तस्विरले पुष्टि गर्छ । तर, गोप्य मतदानमा उनको पक्षमा मत जान्छ कि इतर जान्छ भन्ने कुरा मत परिणामले देखाउला । 


काँग्रेस निकट शिव शर्मा पौडेलले पनि उम्मेदवारी प्रस्तुत गरेका छन् । औपचारिक कार्यक्रम नगरि उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । नेकपामा अधिकारी कि ठाकुर वि. पौडेल भन्ने बिबादका कारण एक रहेको सन्देश दिन कार्यक्रम गरेर उम्मेदवारी घोषणा गरिएपनि पौडेलको विषयमा पार्टीमा कुनै विवाद नरहेकोले स्वत उम्मेदवार तय भएको स्रोत बताउँछ । पौडेल वर्तमान कार्यसमितिको सदस्य हुन् भने अघिल्लो कार्यकालमा उद्योग उपाध्यक्ष थिए । अधिकारी अहिले बरिष्ठ उपाध्यक्ष हुन भने अघिल्लो कार्यकालमा पनि उनी बाणिज्य उपाध्यक्ष थिए । दुबै व्यावसायी जिल्लाका पुराना र अनुभवी व्यावसायी हुन् । अझै रोचक त के छ भने दुबै जनाको स्थायी ठेगाना कुश्मा नगरपालिका ९ कटुवाचौपारी हो भने कुश्मामा पनि दुबैको पसल वारीपारी छ । पौडेल शितल डेरी उद्योगका सञ्चालक हुन भने गोपी अधिकारी अधिकारी फर्निचर उद्योगका सञ्चालक हुन् । एकै ठाउँका र एकै हैषियतका दुबै उम्मेदवार मध्ये कस्लाई अवको नेतृत्व चुन्ने आम मतदातालाई अप्ठयारो बन्ने देखिन्छ । 


दुबै उम्मेदवार स्थापित व्यावसायी हुन् । दुबैले चुनावी प्रचार शुरु गरेका छन् । आगामी चैत्र ७ गते हुने १७ औँ अधिवेशनबाट अध्यक्ष बन्नका लागि अध्यक्षको उम्मेदवार टुंगो लागेपनि प्यानलमा को को समेटिएर आउँछन भन्ने अर्को चासोको विषय छ । 

विगतमा आस्थाको प्यानल छोडेर अर्को प्यानलमा चुनाव लड्ने गरेका व्यावसायी अहिले पनि त्यस्तै गरेर मैदानमा उत्रिने धेरैको आकंलन छ । पर्वतमा उद्योग वाणिज्य संघको निर्वाचन राजनीतिक दलहरुका लागी प्रतिष्ठाको विषय बनेको छ । उद्योगी व्यावसायीहरुले अहिले चोक चोकमा आगामी नेतृत्वका बारेमा आ आफ्ना अडकलबाजी गर्न थालेका छन् । अधिकारी र पौडेल दुबैले कुनै हालतमा पनि आफु बिजयी हुने दाबी गरिरहेका छन् । दुबै जनाले दावी गरिरहँदा सहमतीको प्रयासका लागि आफुहरु तल्लिन रहेको अध्यक्ष केदारनाथ शर्मा बताउँछन् । सकेसम्म सहमती गरेर जाँदा राम्रो सन्देश जाने भएर आफुहरु प्रयासरत रहेको शर्माले बताए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)