Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1275




बेलायतमा शिव मन्दिर बनाउन गिरी दम्पत्तीद्धारा सहयोग
बेलायतमा शिव मन्दिर बनाउन गिरी दम्पत्तीद्धारा सहयोग

फागुन २८ पर्वत । बेलायतमा हिन्दुधर्मका आराध्यदेव शिवको मन्दिर बनाउन थालिएको छ । मन्दिर निर्माणका लागि पर्वतको कुश्मा घर भई हाल बेलायतमा बसोबास गर्ने सफल व्यावसायी पुरन गिरी र उहाँकी श्रीमतीप् कुमारी गिरीले थप ३ हजार ५ सय पाउण्ड सहयोग गर्नुभएको छ । गिरी दम्पत्तीले शिव मन्दिर बनाउन आफ्नो छोरा पुकाश गिरीको जन्मोत्सवको अवसरमा सहयोग हस्तान्तरण गरेका हुन् । 

शिव मन्दिर बनाउनका लागि छोराको जन्मोत्सवमा आर्थिक सहयोग गर्नुभएका गिरी दम्पत्तीको प्रसंसा भएको छ । सहयोग रकम गिरीले शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

शिव मन्दिर अल्डरसटका ट्रस्टी, पर्वत अन्तराष्ट्रिय समाजका अध्यक्ष, एनआरएनए अनरी काउन्सिल सदस्य, एनआरएनए यूके सल्लाहकार समेत रहेका गिरीले अहिलेसम्म जम्मा १० हजार ५ सय पाउन्ड मन्दिर निर्माण कार्यमा सहयोग गरिसकेको शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका महासचिव विक्रम भट्टराईले जानकारी दिनुभयो ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटको क्वीन्स रोडमा अवस्थित एक सामुदायिक भवन खरिद गरी त्यसलाई मन्दिरको स्वरुप दिन थालिएको छ । कम्युनिटीको शिव मन्दिर निर्माण कार्य करिब ९४ प्रतिशत सकिइसकेको निर्माण समितिले जनाएको छ । युरोपकै पहिलो नेपाली प्यागोडा शैलीको शिव मन्दिरमा यही हप्ताको सुरुमा नेपाली कलात्मक गजुर राखिएको छ । मन्दिर निर्माण पश्चात हिन्दुधर्मको प्रचार, संरक्षण र आस्थाको धरोहर विकशित भएर जाने विश्वास गरिएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)