Correspondent, ParbatNepal
5 years ago
1523
जिल्ला सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षामा पढ्ने दृष्टिबिहीन छात्रछात्राहरुलाई यस वर्षको छात्रबृत्ति रकम प्रदान गरिएको छ ।
चार वर्ष अघि पर्वत वेलफेयर सोसाइटी युकेमार्फत विद्यलायमा स्थापना गरिएको दश लाख राशीको अक्षयकोष रकमबाट आर्जित ब्याजबाट वर्षेनी प्रदान गरिने छात्रबृत्ति यस वर्ष सो विद्यालयमा अध्ययनरत १७ जना दृष्टिबिहीन भाइबहिनीहरुले प्राप्त गरका हुन् ।
आज विद्यालयमा आयोजित एक समारोहमा उक्त छात्रबृति रकम वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले असामान्य अवस्थामा पनि आफ्नो शिक्षा दीक्षालाई अघि बढाउन दत्तचित्त भई लागिरहेका दृष्टिबिहीन भाइबहिनीहरुलाई सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेर छात्रबृत्ति प्रदान गर्ने अवसर प्रदान गरेकोमा पर्वत वेलफेयर सोसाइटी युकेसम्बद्ध सबैजना व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो । उहाँले छात्रबृत्ति रकमलाई पूर्ण सदुपयोग गरी आफ्ना व्यक्तिगत आवश्यकता तथा शैक्षिक सामग्री परिपूर्ती गर्न तथा लगनका साथ शिक्षा लिन दृष्टिबिहीन छात्रछात्रालाई अनुरोध गर्नुभयो ।
अक्षयकोषको स्थापना, यसको सञ्चालन प्रक्रिया तथा आर्जित ब्याज रकमका बारेमा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईले जानकारी गराउनुभएको सो छात्रबृत्ति वितरण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण गिरी, दृष्टिबिहीन श्रोत शिक्षक हरिदत्त शर्मा, कमला लामिछानेलगायतले आफ्नो मन्तव्य राख्दै सबै क्षेत्रबाट जुटेको सहयोगलाई सदुपयोग गर्न विद्यार्थी भाइबहिनीहरुलाई आग्रह गर्नुभएको थियो । पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेको र युकेबाट हाल जन्मघर पर्वत आउनुभएका पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार एबम निबर्तमान उपाध्यक्ष सञ्जीव गुरुङको शुभकामना सन्देश पनि सो अवसरमा सुनाइएको थियो ।
पर्वत जिल्लामा जन्म भई हाल बेलायतमा बस्नुहुने पर्वतेलीहरुको संस्था पर्वत वेलफेयर सोसाइटी युकेमा आबद्ध समाजसेवी तथा उदारमनका धनी व्यक्तित्वहरुबाट आजभन्दा चार वर्ष अघि अक्षयकोषको स्थापना गरी सञ्चालन भैरहेको छ । पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष नेत्र आले , अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, कुल आचार्य, तत्कालीन अध्यक्ष दधी आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष विनोद पुरी, पूर्व अध्यक्ष नरजंग गुरुङ, सल्लाहकार डा जगनाथ शर्मा एबम् मिठुलाल विश्वकर्मा लगायतका युकेमा बस्नुहुने पर्वतेली मनकारी व्यक्तिहरुको सहयोगमा स्थापना भएको अक्षयकोषबाट प्राप्त ब्याजबाट वितवरण गरिने छात्रबृत्तिबाट आफूहरु निकै नै लाभान्वित भएको अनुभव सुनाउँदै म्याग्दीबाट कुश्मा आएर दृष्टिबिहीन छात्राबासमा बसेर अध्ययन गरिरहेका छात्र भरत रिजालले सहयोगी हातहरु प्रति धन्यवाद प्रकट गरे । अर्की छात्रा देउ कुमारी कार्कीले फरक क्षमता भएका आफूहरुलाई यो छात्रबृत्ति रकमले धेरै ठूलो सहयोग पुगेको बताइन ।
विद्यालयका शिक्षक ढाकाराम पुरीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अथिति इश्वर गिरी, वडा अध्यक्ष रुद्र गिरी शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राजेन्द्र पहाडी, शिक्षक अभिभावक संघका नारायण गिरी, प्रअ भुपेन्द्र चापागाई, स्रोत शिक्षकहरु हरिदत्त शर्मा, कमला शर्मा लामिछाने, आया गिता उपाध्याय, पत्रकारहरु बसन्त चपागाई र बसन्त थापाले दृष्टिबिहीन छात्रछात्राहरुलाई छात्रबृत्ति रकम वितरण गर्नुभएको थियो ।
पर्वत वेलफेयर सोसाइटी युकेमार्फत प्राप्त भएको रु १० लाख रकम स्थानीय बैंकमा राखिएको र बैंकबाट बार्षिकरुपमा प्राप्त हुने ब्याजबाट छात्रबृत्ति रकम उपलब्ध गराउने गरेको जानकारी विद्यालयका प्रअ भुपेन्द्र चपागाईले दिनुभयो ।
पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले पर्बतनेपाल डटकम संग कुरा गर्दै आफ्नो संस्था पर्बतको सो सानो सहयोगले दृष्टिबिहीन विधार्थीलाई सहयोग पुगेको र भविष्यमा अरु सहयोग पनि जारी राख्ने बताउनु भयो।
na
