Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1820




पहिरो पीडितलाई घर बनाउन दोस्रो किस्ताको रकम हस्तान्तरण
पहिरो पीडितलाई घर बनाउन दोस्रो किस्ताको रकम हस्तान्तरण

चैत पर्वत गत जेठ ३१ गतेको पहिरोले परिवार घरवास गुमाएका परिवारलाई नयाँ घर बनाउन सहयोग गर्ने क्रममा पर्वत वेलफेयर सोसाईटी यूकेको दोस्रो किस्ताको आर्थिक सहयोग हस्तान्तरण गरिएको पहिरोले उठिवास भएका अम्मर थापा गणेश विकको घर बनाउन पर्वत वेलफेयर सोसाईटी यूके मार्फत प्राप्त दुई लाख मध्ये अमरलाई एक लाख गणेश लाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो पर्वत वेलफेयर सोसाईटी यूकेले अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा पहिरो पीडितको पुनस्र्थापनामा सहयोग गर्ने अभियान चलाएको  

पहिरो पीडितको घर बनाउन यूकेबाट प्राप्त रकम कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले हस्तान्तरण गर्नुभयो तीन महिना अगाडी पहिलो किस्ताको रकम पनि जोशी मार्फत हस्तान्तरण गरिएको थियो नगरप्रमुख जोशीले रकम हस्तान्तरण गर्दै प्रवासी नेपालीहरुको यो सहयोगले पहिरो पीडितलाई राहात मिलेको बताउनुभयो उहाँले प्राप्त सहयोगका कारण पीडितको घर चाँडै बनेर सुरक्षित घर प्राप्त हुने क्रममा रहेको अवगत गराउनुभयो पीडित गणेश विक अमर थापाले घर निर्माणको काम अन्तिम चरणमा पु¥याएका छन्

पहिरो गएलगतै पर्वत वेलफेयर सोसाईटीका संरक्षक हितकाजी गुरुङले पीडितको समस्या बुझेर पुनस्र्थापनाका लागि सहयोग गर्ने बाचा गर्नुभएको थियो दुर्लुङ घर भई हाल यूकेमा रहनुभएका गुरुङको सल्लाहमा पर्वत वेलफेयर सोसाईटीले दुर्लुङ पहिरो पीडितलाई घर पुननिर्माणमा सहयोग गर्ने योजना बनेको थियो  

उहाँले आफुहरुले गाउँको दुखमा समाहित भएर थोरै भएपनि राहात दिलाएको बताउनुभएको पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले आफ्नो संस्थाले पीडित व्याक्तिहरुको उत्थान गर्दै आएको बताउनुभयो उहाँले दुर्लुङका पहिरो पीडितको पुनस्थार्पनामा गरिएको सहयोगले आत्मासन्तुष्टि मिलेको बताउनुभयो  

दुर्लुङमा पहिरोका कारण दुई परिवारको जनाको मृत्यु भएको थियो भने घरगोठ, पशुचौपाय सबै सखाप भएका थिए प्रवासी नेपाली देशका विभिन्न संघसंस्था व्याक्तिहरुले पीडितलाई राहात पुनस्र्थापनामा सहयोग गर्दै आएका छन्  

 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)