Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1317




पर्वतको चुवाका एक यूवाको दुर्घटनामा मृत्यु
पर्वतको चुवाका एक यूवाको दुर्घटनामा मृत्यु



चैत ३ पर्वत । पर्वतका एक यूवाको कास्कीमा मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा कुश्मा नगरपालिका ८ चुवाका ३२ वर्षीय माधव गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज मंगलबार दिउँसो ग १८ प ४८१४ नंम्बरको मोटरसाइकलबाट पर्वत हुँदै पोखरा जाँदै गरेका गिरी सराङकोट–सडक खण्डस्थित गुम्बा नजिकै दुर्घटनामा परेका थिए । 

कास्की प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका माधवलाई उपचारका लागि सहारा अस्पताल पठाइए पनि उपचार क्रममा गिरीको मृत्यु भएको हो । 

मोटरसाइकल पछाडि बसेका चुवाकै ३२ वर्षीय गोविन्द गिरीको भने फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृतक गिरी केहि समय अगाडी कोरियाबाट फर्किएका थिए । 

घाईते गोबिन्द केहि दिन अगाडी अमेरिकाबाट फर्किएका हुन् । दुबै जना घुमघामका लागि भन्दै पोखरा गएका थिए । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहेका मृतक गिरीको निधनले पर्वत शोकमग्न भएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)