Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1888




दुर्लुङमा भएको शिविरमा ४ हजार ५ सय पशुपंक्षीको उपचार
दुर्लुङमा भएको शिविरमा ४ हजार ५ सय पशुपंक्षीको उपचार


चैत १८ पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा आज एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा पशुपंक्षिको स्वास्थ्य परिक्षण संगै निशुल्क औषधी बितरण तथा किसान लाई परामर्श प्रदान गरिएको छ ।

कुश्मा नगरपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार शिविरमा दुर्लुङका ३०४ जना परिवारका ४ हजार ५ सय २१ पशुहरुको स्वास्थ्य परिक्षण र औषधोपचार गरिएको छ । साथै शिविरमा बहर र बोकाको बन्ध्याकरण गरिएको थियो । 


किसान लाई वर्से घासको बिउ पनि बितरण गरिएको सापकोटाले बताउनुभयो । वडाध्यक्ष तेजप्रसाद पाध्याले शिबिर उदघाटन गर्नुभयो । उहाँले पशु तथा पंक्षीपालन किसानलाई घरदैलोमै सेवा दिन शिविर सञ्चालन गरिएको र शिविरका कारण किसानले राहातको महसुस गरेको बताउनुभयो । 

कार्यक्रममा कुश्मा नगरपालिकाका लेखा अधिकृत कमलराज पौडेल, नेकपाका प्रतिनिधि बिष्णु प्रसाद शर्मा, नेपाली काङ्ग्रेसका वडा कार्यसमितिका सभापति बालकृष्ण शर्मा, एमडिएच फर्मास्युटिकल्स गण्डकी प्रदेशका म्यानेजर मनोज पन्त, सेल्स अफिसर अनन्तराज अधिकारी, भास्कर हर्वास्युटिकल्सका सेल्स अफिसर प्रेमराज चापागाईं, एरिया म्यानेजर प्रसान्त कोइराला, लगायतले बोल्नुभएको थियो । 


पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटाले पशुपालक किसान लाई आवश्यक पर्ने अनुदान, प्रविधिक सल्लाह, पशुपंक्षीको उपचारमा नगरपालिकाले सहयोग गर्दै आएको भन्दै किसानहरुलाई आत्मानिर्भर गराउन आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्राबिधिक सुदर्शन सुबेदी, चोलाकान्त पौडेल, बिजय सुबेदी र प्रकाश शर्माले पशुपंक्षीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत दुर्लुङका वडा सचिव यामप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)