Correspondent, ParbatNepal
8 years ago
2217
रोशन तिवारी फागुन ६ पर्वत । राष्ट्रिय अनुसन्धान कार्यालय पर्वतको भवन निर्माण कार्य सम्पन्न भएको छ । पर्वतको कुश्मा बडागाउँमा निर्माण गरिएको भवनको मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उद्घाटन गर्नुभएको हो । १ करोड १६ लाख लागतमा भवन निर्माण भएको हो ।
सभा हल सहित भवन भित्र ८ वटा कोठा रहेको राष्ट्रिय अनुसन्धान कार्यालय पर्वतका प्रमुख विष्णु पण्डितले जानकारी दिनुभयो । पहिले जिसस र जिल्ला प्रसासन कार्यालयको भवन संगै रहेको अनुसन्धान कार्यालयको भवनमा कार्यसम्पादनमा समस्या रहेको थियो । कतिपय मानिसलाई राष्टिय अनुसन्धान कार्यालयको कार्यालय कहाँ छ भन्ने वारेमा समेत थाहा थिएन ।
गतवर्ष भूकम्पले भवन तहसनहस भएको छ । भूकम्पले भत्किँदै गएको जिल्ला प्रसासनको भवन वन्दै गरेको छ । जिल्ला अनुसन्धान कार्यालयको नयाँ भवन वनेपछि अव जिल्लाका सरकारी कार्यालयहरु लगभग नयाँ भवनमा सरेका छन् । अहिलेसम्म जिल्ला वन कार्यालय, निर्वाचन कार्यालय भाडाका घरमा रहेका छन् । जिल्ला वन र निर्वाच्न कार्यालयको भवन पनि निर्माणधिन छन् ।
अनुसन्धान कार्यालयको भवनको शिलान्यास गत जेठमा गरिएको थियो । भवन उद्घाटन समारोहलाई सम्वोधन गदै रेग्मीले भवन निर्माण समयमै सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भवन सेवामुलक कार्यमा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भवन निर्माण सँगै कार्यालयका गतिविधी प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममो प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भवन नहुँदा समस्या भएको बताउँदै भवन निर्माण सँगै कार्यालयका गतिविधी प्रभावकारी हुने बताउनु भयो
क्षेत्रिय अनुसन्धान पश्चिमाञ्चलका निर्देशक कुलदेव थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत÷सञ्चालन तथा आयव्यय राष्ट्रिय अनुसन्धान कार्यालय पर्वतका प्रमुख विष्णु पण्डितले गर्नुभएको थियो ।
