Correspondent, ParbatNepal
8 years ago
1973
रोशन तिवारी फागुन ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थित तल्लो मोदी हाईड्रोपावर भन्दा तल मोदीखोलाको छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०÷४५ बर्षको युवकको लास फेला परेको प्रहरीले जनाएको छ । मृत लास घोप्टो अवस्थामा तैरिएको अवस्थामा देखिएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थालमा पुगेको थियो ।
लासको प्रकृति हेर्दा डुवेर आफैँ मरेको जस्तो देखिएपनि हत्या वा आत्माहत्या के हो भन्ने वारे अनुसन्धान पछि खुलासा हुने प्रहरीले जनाएको छ । अहिलेसम्म कसैले लासको वारेमा जानकारी लिन नआएको प्रहरी कार्यालयले जनाएको छ । उक्त लाश जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गहुँ गोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, उचाई ५ फिट, कालो खैरो कपाल, कालो रंगको हुट ट्राउजर जुंगा र बोके दारी भएको युवक मृत अवस्थामा भेट्टीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
