Correspondent, ParbatNepal
8 years ago
1812
फागुन ११ पर्वत । पर्वत सदरमुकाममा कुश्मामा रहेको शिवलाय माविमा दाताहरुको सहयोगमा बनेको दृष्टिबिहिन छात्राबास भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । ७७ लाख ८५ हजार ४ सय ७० रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको छात्रावास भवन शुक्रबार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधी सभा सदस्य पदम गिरी र प्लान ईण्टरनेशनल नेपालका उप राष्ट्रिय निर्देशक ब्रेन बिकेटले संयुक्त रुपमा तामापत्रमा उल्लेखित बिबरण अनावरण गरि विद्यालयलाई हस्तान्तरण गरे ।
प्लान ईण्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त छात्रावास भवन बनेको हो । स्थानीय गैह्रसकारी संस्था ईन्प्रेड नेपाललले भवन निर्माणको संयोजन गरेको थियो । भवन हस्तान्तरण कार्यक्रममा वोल्दै प्रतिनिधी सभाका सदस्य पदम गिरीले फरक क्षमता भएका र अपाङ्गता भएका व्याक्तिहरुका अधिकारको ग्यारेण्टि गर्न दरिलो कानुनको अभाव रहेको वताए । उनले आज पनि अपाङ्गता र फरक क्षमता राख्ने व्याक्तिहरुको अधिकार सुनिश्चित नभएको दुखेसो गर्दै कानुन वनाएर उनीहरुका अधिकार रक्षा गर्न आफु संसदमा दह्रो तबरले प्रस्तु्त हुने वताए । ‘हामी अपाङ्गता र फरक क्षमता भएका व्याक्तिका अधिकारका लागि डुवुल्की मारेर लाग्ने छौँ,’ गिरीले भने,‘ समतामुलक समाजको निम्ती मेरो कसैसंग कुनै सम्झौता हुने छैन ।’
प्लान ईण्टरनेशनल नेपालका उप राष्ट्रिय निर्देशक ब्रेन बिकेटले नेपालमा लामो समयदेखि काम गर्दै आएको स्मरण गर्दै नेपाल सरकारसंग मिलेर प्लान नेपालले शिक्षाको क्षेत्रमा ठुलो योगदान पुराएको दावी गरे । उनले प्लानले समस्यामा परेका क्षेत्रमा सहयोग गर्दै आएको र यस्ता सहयोग आगामी दिनमा पनि गर्दै जाने वताए ।
छात्रावास वनेपछि यहाँ अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले राहातको महसुस गरेका छन् । गतवर्ष शालिजा वाट स्थानन्तरण भएर शिबालय माबिमा आएको स्रोत कक्षामा २१ जना दृष्टिविहिन बालबालिका अध्ययनरत छन् । यो भवनमा भने १४ जनाले आवसिय सुबिधा प्राप्त गर्ने बिद्यालयले जनाएको छ । यसअघि भाडाको घरमा कोचिएर बस्दै आएका विद्यार्थीहरु अहिले विद्यालयको प्रागंढमै भवन बनेपछि सहज भएको वताउँछन् ।
छात्रावास पाएपछि अहिले निकै सहज भएको छ दृष्टिविहिन बिद्यार्थी कुसुम गौतमले भनिन्,’ भाडाको घरमा बस्दा शौचालय जाँदा पनि लाईनमा बस्नुपथ्र्यो अहिले उक्त समस्या छैन । छात्रा छात्रका लागि अलग अलग शौचालय र स्नान कक्ष भएको छात्रावासले अहिले हाईसुख्ख भएको बिद्यालयका शिक्षक लेखनाथ उपाध्यायले वताए । उपाध्यायका अनुसार दुईवटा भान्साकोठा सहित छात्रावासमा ६ वटा कोठाहरु रहेका छन् । यसअघि विद्यालय सम्म आउन अरुकै साहरामा आउनुपर्ने समस्या थियो भने अहिले आफैँ सेतोछडीको साहराले वालवालिकाहरु छात्रावासमा पुग्न सक्छन् । बिद्यालयका प्राचार्य भुपेन्द्र चापागाईले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै भवनको संभार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
