Correspondent, ParbatNepal
8 years ago
1797
पर्वत– जनता आवास कार्यक्रम मार्फत सञ्चालन भएको बिपन्न परिवारका घर निर्माण कार्यक्रम बजेट अभावले अधुरै भएको छ । दुई वर्षअघि देउवा सरकारका शहरी विकास मन्त्री अर्जुननरशिंह केसीले ल्याएको ‘जनता आवास’ कार्यक्रम मार्फत पर्वतका तत्कालिन १० गाविसका १०० बिपन्न परिवारका घर तत्कालिन सरकारले बनाउन लागेको थियो ।
फलेवास ६ देविस्थानका लोकबहादुर माझीका अनुसार अघिल्लो वर्ष निर्मँण हुन लागेका सबैजसो घर अधुरै छन् । कार्यक्रम सञ्चालन भएपछि अघिल्लो वर्ष भवन डिभिजन कार्यालयले देविस्थानका १० माझी परिवारको घर वनाईदिन सम्झौता गरेको थियो । उतिबेला तत्कालिन संविधानसभा सदस्य अर्जुन जोशीको रोहवरमा सम्झौता भएर घरको अधिकांस काम सकिएको थियो । ‘सरकारले घर बनाइदिने भनेपछि देविस्थानका माझी परिवार जति खुशी थिए, अहिले उत्तिकै निराश छन् । तत्कालिन समय सम्झौता बमोजिमको पहिलो किस्ता रकम पाएर घरको पर्खाल लगाइसकिएपछि घर निर्माणको काम अहिलेसम्म पुरा भएको छैन । तीन किस्तामा गरि तीन लाख रकम पाउने आशमा बसेका माझी परिवारले तेस्रो किस्ता रकम अझै नपाएपछि निरास भएका हुन् ।
छानो हाल्ने र शौचालय वनाउने रकम नपाएपछि देविस्थान सहित १० गाउ“का बिपन्न परिवार अझैसम्म निरास छन् । ‘दुई किस्तामा पाएको २ लाखले घरको जग हालेर व्लकको गाह्रो लगाउ“दा सकियो । घरको छानो अझै हालिएको छैन ।’ लोकबहादुरले भने । ‘झ्याल ढोका पनि हाल्ने काम बंँकि छ । अरु रकम नपाए आउ“दो वर्खा पनि झरीमै रुझेर बित्छ ।’ स्थानीय सरस्वती माझीले भनिन् ।
सरस्वतीको परिवार ०७२ को बिनासकारी भूकम्पमा घर भत्किएपछि अहिलेसम्म बा“सका खपेटाले टालेको टहरोमा छ । सरकारले नया“ घर बनाइदिने भनेपछि प्रफुलित उनको परिवार अहिले निरास छ । ‘अन्तिम किस्ता आएपछि त्यसैले छानो हालेर ढुक्कले बसौंला भन्ने आश थियो,’ गजेन्द्र माझीले भने, ‘अघिल्लो असारभित्रै आउने भनेको पैसा अझै पाइएको छैन । अब पैसा पाउने–नपाउने केहि टुङ्गो छैन ।’ अघिल्लो सरकारले गरेका कुनैपछि काम र निर्णयलाई निरन्तरता नदिने वर्तमान सरकारको निर्णय कार्यान्वयन भए नया“ घरमा बस्ने सपना अधुरै रहनेमा बिपन्न परिवार निरास छन् ।
देविस्थान, शंकरपोखरी, बाच्छा, कार्कीनेटा लगायतमा १० परिवारका दरले १०० घर निर्माणको चरणमा थिए । सबै किस्ता रकम नपाएपछि सबै घर अहिलेसम्म अधुरै छन् । जनता आवास कार्यक्रमका जिल्ला संयोजक एवं तत्कलिन संविधानसभा सदस्य अर्जुन जोशीका अनुसार चालु वर्ष पनि १०० घर निर्माणको चरणमा छन् ।
तर, नया“ सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिने–नदिने टुङ्गो छैन । ‘अघिल्लो सम्भौताको काम अन्तिम चरणमा छ । तेस्रो किस्ता केहि ढिलाई भएको हो’ जोशीले भने, ‘यो प्रभावकारी कार्यक्रम भएकोले नया“ सरकारले रोक्न मिल्दैन’ चालु वर्षका लागि जोशीले निर्वाचनअघि नै धाइरिङ, दुर्लुङ, देउराली, तिलाहार, पकुवा, रानीपानी, बर्राचौर, खानीगाउ“ र माझफा“टमा थप १०० घर बनाउन सम्झौता गरिदिएका थिए । कार्यक्रमले लोपोन्मुख माझी, कुमाल लगायत अति बिपन्न वर्गमा सूचिकृत दलित परिवारको लगत संकलन गरि त्यस्ता समुदायका घर निर्माण गर्ने कार्यक्रम भएको जोशीले बताए । अन्तिम किस्ता रकम नपाएपछि नया“ घरमा बस्ने सपना अधुरै रहेको शंकरपोखरीका प्रेमबहादुर परियारले बताए । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।
