Correspondent, ParbatNepal
8 years ago
1624
पर्वत १४ फागुन । पर्वतको कुश्माबजारमा सरसफाई गरिएको छ । रेडियो दिदिबहिनीको आयोजनामा सोमबार सरसफाई गरिएको हो । पर्वतको मुख्यचोक शिवालय चोक, बसपार्क क्षेत्र र वान्द्रेविँडी चौरमा सरसफाई गरिएको थियो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी, ससत्र प्रहरी उपरिक्षक नवराज अर्याल, प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे, बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मी, रेडियोका अध्यक्ष कल्पना चापागाई लगायत बिभिन्न संघसंस्था र सर्बसाधारणहरुले हातमा कुचो लिएर बजार सफाई गरेका थिए ।
रेडियो दिदिबहिनीले आफ्नो बार्षिकोत्सवको अबसर पारेर सरसफाई कार्यक्रमको आयोजना गरेको जनाएको छ । अध्यक्ष कल्पना चापागाईका अनुसार रेडियोले बार्षिकोत्सव संगै फागुन १६ देखि २६ सम्म पश्चिमाञ्चल महिला महोत्सव समेतको आयोजना गरेको छ । बार्षिकोत्सव अन्तर्गत बिभिन्न कार्यक्रम गर्ने शिलशिलामा सरसफाई, रक्तदानका कार्यक्रमहरु आयोजना गरिएको उनले जानकारी दिईन ।
मंगलबार रक्तदान कार्यक्रम हुने चापागाईले बताईन । ११ दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, देशभरमा रेडियोमा कार्यरत महिला स्टेशन म्यानेजरलाई सम्मान, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ । महोत्सवकै अबसरमा राष्ट्रिय भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ ।
