Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1661




कानुन बनाएर लागु गर्ने काममा केन्द्रित छौ अधिकारी
कानुन बनाएर लागु गर्ने काममा केन्द्रित छौ अधिकारी



रोशन तिवारी फागुन १५ पर्वत । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले प्रदेश अब बस्ने कानुन मस्यौदा समितिको बैठक मार्फत प्रदेश कानुन निर्माण गर्ने कार्यको शुरुवात गरिने बताउनुभएको छ । गृह जिल्ला पर्वतमा मंगलबार भएको पत्रकार भेटघाटमा अधिकारीले प्रदेश कानुन नहुँदा अहिले समस्या देखिरहेको बताउनुभयो । 

उहाँले आगामीइ फागुन २१ गते बस्ने वैठकमा कानुन बनाउने बारेमा मस्यौदा समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । अहिले कानुन नबन्दा स्थानीय तहको अधिकारको बारेमा अलमल छ । स्थानीय सरकारले धमाधम आफैँ कानुन बनाएर काम गरिरहेका छन् । ‘कतिपय स्थानीय तहले आफैँ कानुन बनाईरहेका छन् । 

उनीहरुले प्रदेश र केन्द्रको आदेश मान्नुपर्दैन जस्तो गरेर काम गरिरहेका छन् ,’ उहाँले भन्नुभयो,‘ अहिले सबै सरकारको आपसी सम्बन्ध अलमलमा परेजस्तो छ । ‘सबै समस्या कानुनको अभावमा देखिएको हो,’ सभामुख अधिकारीले भन्नुभयो,‘ यस्ता समस्या कानुन बनाएर कार्यान्वयन गरेपछि स्वत समाधान हुन्छ ।’ उहाँले अहिले कानुन व्यबसायीहरु र पत्रकार संग प्रदेश कानुन कस्तो बनाउँदा उपयुक्त हुन सक्छ भनेर छलफलमै रहेको जानकारी दिनुभयो । 

अहिले संबिधान कार्यान्वयनको चरणमा रहेको छ । संविधान पूर्ण कार्यान्वयन नहुँदा कतिपय संबिधान भित्रका कानुनहरु अलपत्र रहेका छन् । पुराना कानुनहरु मौजुदा संबिधान नभएसंगै कानुनको अभाव रहेको र अहिले संक्रमण कालमा स्थानीय र प्रदेश सरकारलाई कार्य सम्पादन गर्न समस्या रहेको अधिकारीले औल्याउनुभएको छ । 

सभामुख अधिकारीले प्रदेश ४ स्रोत साधानले सक्षम, सवल, समृद्ध रहेको दावी गर्नुभयो । उहाँले समाजवाद उन्मुख प्रदेश निर्माण गर्ने दिशामा जनप्रतिनिधीहरु लाग्ने बिश्वास व्यक्त गर्नुभयो । साँसदको भूमिकाबाट सभामुखको भूमिकामा गएपछि तपाईँले जनता संग गरेका बिकासका एजेण्डा कसरी पुरा गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको  जवाफ दिँदै अधिकारीले जनताका बाचा पुरा गर्न प्रतिनिधी सभाका साँसद र मन्त्रीहरुलाई आग्रह गरेर योजना पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

सभामुखको भूमिकामा रहँदा पदको मर्यादा कायम गर्ने कुरामा सचेत रहेको उहाँले पटक पटक दोहो¥याउनुभयो । आगामी बैठकमा प्रदेशको राजधानी, प्रदेशको नामकरणका विषयमा पनि छलफल हुनसक्ने अधिकारीले संकेत गर्नुभयो । उहाँले अझै मन्त्रीमण्डल विस्तार गर्न बाँकी रहेको जनाउदै त्यसले पनि केहि दिनमा पूर्णता पाउने र प्रदेश ४ ले आफ्नो समृद्धिको योजना सहित अगाडी बढ्ने बताउनुभएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)