Correspondent, ParbatNepal
8 years ago
2230
फागुन १६ पर्वत । पर्वतको कुश्मामा विद्युत जडान सम्वन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यले कुश्मा नगरपालिका–७ मा तालिमको आयोजना गरिएको थियो । पुष देखी सञ्चालन भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा विद्युत जडान सम्वन्धी आधारभुत जानकारी दिईएको थियो । तिन महिनासम्म सञ्चालन भएको तालिममा २४ जना युवाहरुको सहभागिता रहेको थियो । कुश्मा नगरपालिका–७ को आयोजना र व्यावसायिक सिप विकास तालिम केन्द्रको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको थियो । आर्थिक बर्ष २०७४÷७५ को स्वीकृत कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
युवाहरुलाई व्यवाहारीक सिप र स्थानीयस्तरमै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न उक्त तालिम आयोजना गरिएको सुवेदीले बताउनु भयो । उहाँले सोही तालिम मार्फत स्वरोजगार हुन समेत पशिक्षार्थीहरुलाई सुझाव दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुवेदीले जिल्लामा बढ्दो वेरोजगार समस्यालाई न्यूनिकरण गर्न तालिमले सहयोग पुग्ने बताउनु भयो ।
उक्त तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । समापन कार्यक्रममा वोल्दै परिक्षार्थी दिनेश पौडेलले तालिम निकै उपलव्धी मुलक भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने बताउनु भयो । कुश्मानगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य निलराज पुरी र कार्यक्रमको सञ्चालन वडा सचिव विन्दु शर्मा रेग्मीले गर्नुभएको थियो ।
