Correspondent, ParbatNepal
8 years ago
1947
रोशन तिवारी फागुन १६ पर्वत -पर्वतको कुश्मामा दशौँ पश्चिमाञ्चल महिला महोत्सव शुरु भएको छ । स्थानीय कला संस्कृतिको प्रचार, स्थानीय उत्पादनको बजारीकरण, महिलाहरुको अधिकारका सवालमा वकालत गर्न, खेलकुदको बिकास गर्न भन्दै रेडियो दिदीबहिनीले महोत्सव शुरु गरेको हो । रेडियोको आठौँ बार्षिकोत्सवको अबसरमा उक्त महोत्सव सञ्चालन गरिएको हो ।
बुधबार वाट शुरु भएको महोत्सव ११ दिनसम्म संचालन हुनेछ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै दहालले देश अब आर्थिक समृद्धितर्फ लम्किने बताए । बाम गठवन्धनलाई दुई तिहाईको ग्यारेण्टी भएको बताउँदै उनले अव स्थायी सरकार बन्ने बताए । मधेश केन्द्रित दलहरुलाई सरकारमा ल्याउन सहमती जुटिसकेको दहालले बताए । महिलाहरुकाको सम्मान नभए आजसम्मका उपलव्धी गुम्ने उनको भनाई छ । सामुदायिक रेडियोहरुले खेलेको भुमिकाको प्रचण्डले खुलेर प्रसंसा गरे ।
उद्घाटनका अबसरमा देशभरिका रेडियोका महिला स्टेशन म्यानेजरलाई सम्मान गरिएको छ । रेडियोलाई सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरियो भने लोकगायक बिमलराज क्षेत्रीलाई ११ हजार १ सय ११ रुपैयाँ नगरसहित सम्मान गरिएको हो ।
महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, दितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
