Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1958




बिहादीका भूकम्पपीडितको पीडा:कार्ड छ,अनुदान छैन
बिहादीका भूकम्पपीडितको पीडा:कार्ड छ,अनुदान छैन


रानीपानी (पर्वत)– बिहादी ३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको ३ तले कच्ची घर ०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यहि घरको अगाडी बा“सका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसाद र श्रीमती बालिका बस्न थालेको अब बैसाखमा ३ वर्ष पुग्छ । भूकम्पलगत्तै पुर्ण क्षतीको कार्ड र तत्कालिन समय पाउनुपर्ने राहत, न्यानो कपडा समेतगरि ३० हजार राहत पनि पाए । पराजुली दम्पती सरकारले आवास पुनःनिर्माण अनुदान दिने सुनेपछि प्रफुल्ल थिए  । तर, अघिल्लो वर्ष पुर्ण क्षतीमा परेकाहरुको आबेदन संकलन गर्दै बैंकका कर्मचारीहरु गाउ“ पुग्दा उनि आवास अनुदान पाउने सूचिमा देखिएनन् ।

सोहि ठाउ“का मिना आचार्य, तेजबहादुर दर्जी, सरस्वती आचार्य लगायत १८ परिवारको अवस्था उस्तै दयनिय छ । दिनभर मेलापात नगरे सा“झ चुलो बाल्न नसक्ने तेजबहादुर कतै हारगुहार गर्न जानै सक्दैनन् । ‘शुरुमै पंहेलो कार्ड पाएपछि अरुसरह पैसा पाइन्छ भन्ने थियो,’ उनले भने, ‘अहिले मेरै छुटेछ । गुहार माग्न कतै जाउ“ भने केटाकेटी भोकभोकै हुन्छन् । सरकारी अनुदान पनि टा“ठाबाठालाई मात्रै रहेछ ।’ रानीपानीका एउटै टोलका १८ घरधुरी आवास अनुदानबाट बञ्चित छन् ।

रानीपानी जिल्लामा भूकम्पबाट सबैभन्दा धेरै क्षती भएको गाउ“ हो । रानीपानीका वडाध्यक्ष रणबहादुर आलेका अनुसार ५७९ मध्ये ५०० भन्दा बढी घर पुर्ण क्षती भएका छन् । तर, आवास अनुदान पाउने सूचीमा ३६१ को मात्रै नाम छ । तिमध्ये पनि केहि क्षती नै नभएका घरको सूची  छ । ‘बस्नै नमिल्ने घर धेरै छुटेका छन्,’ आलेले भने, ‘अनुदान पाउने सूचीमा सामान्य घर पनि परेका छन् । यो प्राविधिकको गम्भिर त्रुटी हो ।’ सोहि वडाका टहरोमा बस्दैआएका १०० भन्दा धेरै घर अनुदान पाउने सूचीमा नपरेको उनले बताए ।

घरमा जनशक्ति नहुनेहरु टहरो बनाउन पनि नसकेर त्रिपालले बारेर बसेका छन् । बिपन्न र सामान्य व्यक्ति सम्बन्धित निकायसम्म पुगेर गुनासो गर्न सक्दैनन् । ‘जिल्लाका एलडिओ, सिडिओ र इन्जिनियर सबैले हेरेर गए । आउनेजति सबैले राहत पाउनुपर्छ भन्छन्,’ ज्ञानप्रसादले भने, ‘अब हामी कहा“ गएर गुहार माग्ने ?’ बोल्न सक्ने, टा“ठाबाठा र तत्कालिन समय अनुगमनमा आउने प्राविधिकहरुसंग चिनजान गर्नसक्नेहरुले क्षती नभएको घर पनि पुर्ण क्षतीको सूचिमा परेका छन् । पुर्ण क्षतीमा परेकामध्ये कतिपयले पहिलो किस्ता लिएर पनि घर बनाउने सुरसार नै गरेका छैनन् । 

बिहादीका अध्यक्ष कमलप्रसाद भुषालका अनुसार गाउ“पालिकाका ६ वडाका करिव ६०० बढी घर पुर्ण क्षती भएर पनि राहत पाउने सूचिमा परेकै छैनन् । ‘स्थानीय चुनावबाट हामी आएपछि छुटेको परिवारको लगत संकलन गरेर पठायौं,’ भुषालले भने, ‘एक वर्ष हुन लाग्यो । कुनै रेस्पोन्स आएकै छैन । प्राधिकरणको काम गर्ने शैलिले हामी दिक्क भएका छौं । कि पाउ“दैनौ भन्नुप¥यो । कि आश मेटाइदिनुप¥यो । पीडितलाई भन्दा हामीलाई पीडा छ ।’ भूकम्पपीडितको समस्या समाधान गर्ने निकाय भरपर्दो नहु“दा सबै जनप्रतिनिधि निरास छन् ।

दोस्रो किस्ता कहिले ?


पुर्ण क्षतीको सूचिमा परेर घर निर्माण गरिसकेका भूकम्प पीडितले दोस्रँे किस्ता रकमको अन्यौलमा छन् । भूकम्पको दुई महिनामै प्राविधिक मापदण्ड अनुसारको घर बनाएका रानीपानीका रामु पराजुलीले पहिलो किस्ता रकम लिएको एक वर्ष भयो । नजिकैका हुमनाथ पराजुलीले पनि पहिलो किस्ता लिएर शुरु गरेको घर सम्पन्न भइसक्यो । ‘घर सक्दा १६ लाख खर्च भयो,’ हुमनाथले भने, ‘सरकारले ५० हजार दिएको हो । बा“की पैसा कहिले पाउने अन्यौल छ ।’ गाउ“मा प्राविधिक नआउने र सम्बन्धित निकायका फरक–फरक कुराले पीडितहरुलाई थप पिडा भएको छ । ‘कि पैसा पाउन्नौ भन्दिए हुन्थ्यो,’ रामु पराजुलीले भने, ‘पाइन्छ भनेपछि आश लाग्छ । अनुदानको आशमा ठाउ“ठाउ“मा डुल्दाडुल्दै पाउनेभन्दा धेरै पैसा खर्च भइसक्यो ।’ 

गाउ“पालिकामा अहिलेसम्म पुनःनिर्माण प्राधिकरणका प्राविधिक पुगेकै छैनन् । प्राधिकरणले २ महिना अघि नै ३ जना प्राविधिक पठाएको भए पनि गाउ“मा अझै नआएको गाउ“पालिका अध्यक्ष कमलप्रसाद भुषालले बताए । ‘लिखित कुरा कतैबाट आउ“दैन,’ भुषाल भन्छन्, ‘फोनमा कसैले के भन्छ । कसैले के गुनासो गर्ने ठाउ“ पनि भेट्न सकिएकै छैन ।’ प्राविधिक नआउ“दा बनेका घरको मापदण्ड परिक्षण गर्न र नया“ले घर बनाउन नसकेको उनले बताए । जिल्लास्थीत भूकम्पपीडित आवास अनुदान स्रोतव्यक्ति (फोकलपर्सन) तुलसीराम शर्माका अनुसार प्राधिकरणको गम्भिर लापरवाहिले पीडितहरुलाई थप पीडा भएको छ । ‘प्राधिकरणले प्राविधिक पठाएको छ । तर, भत्किएका घरको स्टमेट लगत भर्ने फर्मेट पठाएकै छैन । लगत राख्ने सफ्टवयरको अभावमा जिल्लाका एउटा पनि पीडितले दोस्रँे किस्ता रकम नपाएको उनले बताए । ‘दोस्रो किस्ता भदौमै आएर बसेको छ । बिवरण नआएसम्म बाड्न मिलेन ।’ उनले भने ।


सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)