Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1801




संरक्षणको पर्खाइमा बाटुलेचौर
संरक्षणको पर्खाइमा बाटुलेचौर


        

रामकृष्ण लामिछाने पर्वत,२२ फागुन । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहाँसिक स्थल बाटुलेचौर संरक्षण नहुँदा अस्तित्व गुम्ने खतरामा रहेको छ । खुल्ला चौरमा रहेको बाटुलेचौर मन्दिर र पुराना सत्तलहरु अहिले जिर्ण भएका छन् । बि.स १९७० मा निर्माण भएको बाटुलेचौर शिव तथा देवी मन्दिर संरक्षणको अभावमा अस्तित्व गुम्नेृ खतरामा रहेको स्थानीय हरिप्रसाद लामिछाने बताए । 


राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीय बताउँछन् । यहाँको मन्दिर संरक्षण नहुँदा ठुलिपोखरीको महत्व समेत हराउन थाल्यो,’ लामिछानेले भने,‘अहिले मन्दिर ओझेलमा पर्दा ठुलिपोखरीको पहिचान नै हराउने हो की भन्ने चिन्ता लाग्छ ।’ ऐतिहासिक सम्पदाको संरक्षणमा राज्यले चासो दिनुपर्ने उनले बताए । 

डाँडोको टुप्पोमा रहेको मन्दिरमा पानीको पहुँच नहुदाँ यहाँ पुजारीहरु बस्न मान्दैनन् । नजिकै बस्ती समेत नहुँदा यहाँका सरसमान चोरी हुने गरेका छन् । बाटुलचौर मन्दिरमा हरेक नवदुर्गामा बिशेष प्रजाआजा हुने गरेको छ । चैतेदशैँ र बालाचतुर्दशीमा सतुविज छर्नेकहरुको घुईँचो लाग्ने गरेको छ । स्थानीयले ईष्ट देवताको रुपमा पूजा गर्ने गरेका छन् ।  

बाटुलेचौर संरक्षण समितीका अध्यक्ष दयाराम पौडेलले गाउँको ईष्ट देवताको संझना अहिलेका पुस्ताले नगर्ने गरेकोमा दुखेसो गरे । उनले भने,‘ गाउँ शुन्य हुन थाल्यो । दिनहु मानिसहरु आउँन छाडे ।’ महत्व वुझ्न र बुझाउन नसक्दा यसको ऐतिहासिक र धार्मिक महत्व हराउन थालेको पौडेलले बताए । 


यस ठाउँमा खनजोत गर्दा कालो कोइला, पैसा तथा पुराना भाँडाकुँडा समेत भेटिने गरेको स्थानीयवासीको भनाइ छ । अग्लो स्थानमा रहेको बाटुलेचौरबाट अन्नपूर्ण र धौलागिरि हिमशृङखलाका साथै पर्वत, बागलुङ तथा स्याङ्जाका विभिन्न भाग तथा सदरमुकाम देखिने भएकाले पर्यटकीय सम्भावना बोकेको छ ।

यो क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउन स्थानीयले माग गरेका छन् । ‘एक दुई जनाले मात्रै हैन नगरपालिकाले नै यसको संरक्षण गरेर पर्यटकिय स्थलको रुपमा बिकास गर्नुपर्छ,’ स्थानीय युवा दिपक लामिछानेले भने,‘जनप्रतिनीधीहरुले यसको संरक्षणको गुरुयोजना बनाउन भनेर हामीले दबाब दिईरहेका छौँ ।’ मन्दिरमा पुग्ने मोटरबाटो निर्माण गर्न वडा कार्यालयले १ लाख रुपैयाँ छुट्टाउने बाहेक अन्य पूर्वाधार बिकासमा कहिँ कतैबाट पहल नभएको लामिछाने बताए । वडाध्यक्ष राजेन्द्र पौडेलले अहिले बजेटको अभाव रहेकाले यो बर्ष बाटो बनाउन बजेट दिएको र अर्को बर्ष अन्य संरक्षण र बिकासका कार्यक्रममा ध्यान दिने बताए । ‘अव वडाले गाउँ भेला आयोजना गरेर मन्दिरको नयाँ कार्य समिती निमार्ण गर्ने निणर्य गरेको छ,’वडाध्यक्ष पौडेलले भने,‘ यहाँ हुने आयव्ययको पनि हामीले खोजी गर्दै छौँ ।’ 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)