Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1883




कुश्मामा आधारभूत पत्रकारीता तालिम
कुश्मामा आधारभूत पत्रकारीता तालिम



पर्वत २५ फागुन । पत्रकारहरुको क्षमता विकास गर्न पाँच दिने आधारभूत पत्रकारीता तालिम शुक्रबार देखि सदरमुकाम कुश्मामा शुरु भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागको आयोजना, एकीकृत समाज बिकास नेपालको सहआयोजना र नेपाल पत्रकार महासंघ पर्वतको संयोजनमा तालिम शुरु भएको हो । पत्रकारीतामा लागेका तर आधारभूत ज्ञानको अभाव भएका र नवप्रबेशी पत्रकारहरुका लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

आधारभुत पत्रकारीता तालिमको नेपाल पत्रकार महासंघका संस्थापक एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरे । उनले तालिमको उद्घाटन गर्र्दै पत्रकारहरुले समाजका सत्य,तथ्य र निश्पक्ष समाचार आम जनतामा सम्प्रेषण गर्नुपर्ने बताए । व्यबसायिक पत्रकारीता शुरु गर्न सकेमा मात्रै पत्रकारीता दिगो हुने जोशीले धारणा ब्यक्त गरे । जोशीले समाजमा अहिले अनुमान पत्रकारिताको विगविगी बढेकोमा असन्तुष्टि व्यक्त गरे । 

तालिमको उद्घाटन कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, ,सुचना बिभागका निर्देशक सुमन बज्राचार्य,एकीकृत समाज बिकास नेपालका कार्यकारी निर्देशक दिपक कार्की,पत्रकार माहसंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल,दुर्गाप्रसाद शर्मा,पत्रकार माहसंघका अध्यक्ष छविलाल तिवारी लगायतले बोलेका थिए । उद्घाटनमा जिससका सुचना अधिकृत तुल्सीराम शर्मा,प्रहरी नायव उपरिक्षक दीलिप घिमिरे,सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष किशोर सापकोटा,पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष रामबहादुर जि.स लगायत पे्रस युनियन, प्रेस चौतारी, प्रेस सेण्टरका पदाधिकारीहरु उपस्थित थिए । पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष प्रनिस गिरीको स्वागत र सचिव गणेश गिरीको सञ्चालनमा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

तालिममा पर्वतका सञ्ंचार माध्यममा कार्यरत २५ जना पत्रकार तथा संञ्चारकर्मीहरुको सहभागिता छ । तालिमको सहजीकरण पत्रकार तोयानाथ गौतम, सूचना बिभागका निर्देशक सुमन बज्राचार्य, सूचना बिभागका शाखा अधिकृत रुपा बि.क र कृष्ण पुरीले गर्नुहुनेछ । तालिम आगामी मंगलबार सम्म सञ्चालन हुने जनाइएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)