Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1768




रेडियो दिदिबहिनीको महोत्सव सम्पन्न
रेडियो दिदिबहिनीको महोत्सव सम्पन्न


फागुन २६ पर्वत । पर्वतको कुश्मामा दशौँ बृहत महिला महोत्सव सम्पन्न भएको छ । फागुन १६ गते बाट सुरु भएको महोत्सव बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको हो । महिलाहरुले सञ्चालन गरेको रेडियो दिदिवहिनीले नराी दिवसको अवसर र रेडियोको आठौँ बार्षिक उत्सवको अबसरमा दशौ महिला आयोजना गरेकोे थियो ।  


११ दिने बिबिध कार्यक्रममा निशुल्क स्वास्थ्य शिवि, निशुल्क रगत परिक्षण,कृषि प्रदर्शनी,देश भरका महिलाले सञ्चालन गरेका महिला स्टेशन म्यानेजर लाई सम्मान कार्यक्रम ,राष्ट्रिय तथा स्थानिय कलाकार हरुको पं्रस्तुती रहेको थियो । 


कृषि तर्फ बोका बाख्रा प्रदर्शन प्रतियोगितामा कुश्मा नगरपालिका ८ का अर्जुनराज गुरुङ्ग पहिलो हुनुभएको छ । विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा आदर्श अंग्रेजी आवसिय माविका निशा आचार्य पहिलो हुनुभएको छ । बिद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा देउपुर नमूना आवासीय मा.वि.पातिचौर प्रथम भएको छ । 


खुल्ला भजन प्रतियोगितामा युवा आवाज नेपाल भजन समूह ढिकुरपोखरी कास्की प्रथम भएको छ भने रत्यौली प्रतियोगिता तर्फ सयपत्री आमा समूह तिलाहारको समुह पहिलो बन्न सफल भएको छ । यस्तै झाँकी तथा र्याली प्रतियोगितामा पञ्चासे सामाजिक उद्यमी महिला समुह चित्रे पहिलो भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायधिश धुर्वप्रसाद सापकोटाले महिलाको यो प्रयास प्रसंसनिय रहेको बताउदै हरेक महिलाले सिको गर्नु आवश्यक रहेको बताउनु भएको छ । 


यहि फागुन १६ गते पुर्वप्रधान मन्त्री तथा नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डले र्गनु भएको थियो । साबित्रि कंचजंगा अगर बती दोस्रो राष्ट्रिय महिला भलिवल प्रतियोगिता २४ गते सम्पन्न भएको थियो । भलिवलको उपाधी एपिएफले हात पारेको थियो । रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाइको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सञ्चारकर्मी शोभा त्रिपाठीले गर्नुभएको थियो । समापनको अबसरमा बिजेतालाई पुरस्कार बितरण र सहयोगदाताहरुलाई सम्मान गरिएको छ ।   


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)