Correspondent, ParbatNepal
8 years ago
1545
फागुन २८ पर्वत । व्यवसायिक रुपमा कृषि तथा पशुपालन तर्फ उन्मुख गराउनका लागि पर्वतका ६७ जना कृषकहरुलाई उद्यमशिलता विकास तालिम संचालन गरिएको छ । पर्वतको फलेवास नपा. ९ भंगरा ,मोदीगाउपालिका १ भुकताङले र ४ क्याङ का कृषकहरुका लागि उक्त तालिम संचालन गरिएको हो ।
जिल्लामा कृयाशिल समाज कल्याणश्रोत विकास केन्द्र सोडेक नेपालले, गुडनेवर्स इन्टरनेशलन नेपालको सहयोगमा संचालन गरेको पर्वत सामुदायिक विकास परियोजना अन्तरर्गत उक्त तालिम आयोजना गरिएको हो । तालिममा सहजकर्ता गणेश अधिकारी र रामचन्द्र सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
तालिममा उद्यम व्यावसाय संचालन ,व्यवसायको पहिचान ,व्यवसायको जोखिम ,व्यवसाय छनौटका आधारहरु ,वजार व्यावस्थापन सम्बन्धी जानकारी र व्यावसाय छनौटका आधारहरुको वारेमा सहजिकरण गरिएको थियो । तालिममा सहभागीहरुलाई मौरी पालन कुुखुुरापालन , बाख्रापालन , प्लाष्टिक घरमा गोलभेडा खेतीको गर्नकालागि घुुम्तीकोष तथा अनुुदान सहयोग गर्ने संस्थाका लघुु उद्यमविकास अधिकृत रमेश पसाद रिजालले बताउनुु भयो ।
संस्थाले संचालन गरेको पर्वत सामुदायिक विकास परियोजनाअन्तर्गत पर्वतका विभिन्न क्षेत्रमा गठन गरिएका स्थानिय सहकारीहरुको क्षमता विकास तथा सहकारी संचालनका लागि समेत संस्थाले गतवर्ष देखी सहयोग गर्दै आएकोमा सहकारी मार्फत उद्यमी किसानहरुलाई व्यवसाय संचालनका लागि थप अनुदान सहयोग गरिएको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले वताउनुभयो ।
