Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2413




पर्वत उद्योग बाणिज्य संघमा दुई शर्माको उम्मेदवारी
पर्वत उद्योग बाणिज्य संघमा दुई शर्माको उम्मेदवारी




रोशन तिवारी फागुन २९ पर्वत । उद्योग बाणिज्य संघ पर्वतको नेतृत्वको हानथाप शुरु भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा लेखनाथ शर्मा र केदारनाथ शर्मा २ वटा समूह (प्यानल )नै खडा गरि १६ औ अधिवेशनका लागी चूनावी मैदानमा उत्रिएका छन् । पर्वतमा उद्योगी व्यवसायीहरुको हक हित र व्यापार प्रवर्धनका लागी लोकतान्त्रीक समूह वाट लेखनाथ शर्माको अध्यक्षतामा २५ जना सदस्य सहित र केदारनाथ शर्माको अध्यक्षतामा वामगठवन्धनले २५ जना सदस्य सहित उम्मेदवारी दर्ता गरेका हुन । निर्वाचन तालिका वमोजिम सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गर्दै लोकतान्त्रिक समूहका अध्यक्ष लेखनाथ शर्माले कूश्मा वजारको व्यपार व्यवसाय प्रवर्धनका लागी आफूले महत्वपर्ण भूमिका खेल्ने र पूरानो व्यवसायी भएका कारण जित सूनिश्चित रहेको धारणा राखे । उनले पर्वतका व्यवसायले असल अभिभावक नपाएको कारण आफु असल अभिभावक बन्न चुनावी मैदानमा आएको बताए । पर्वत उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत भई काम गरेको हूदा धेरै व्यवसायीहरुको साथ रहने शर्माले बताए । व्यवसायको हितमा लाग्ने कुरामा कुनै शंका नगर्न उनले आग्रह गरे ।

बाम गठवन्धनका उम्मेदवार केदारनाथ शर्माले आफ्नो उम्मेदवारी दर्ता गरे पछि संक्षिप्त कुरा गर्दै पर्वत जिल्लाको व्यापार व्यवसाय प्रवर्दन र संरक्षण गर्न आफ्नो उम्मेदवारी रहेको धारणा राखे । उनले पर्वतका ७ वटै स्थानिय निकायमा स्थानिय तहको आवश्यकता र व्यवसायीहको माग वमोजिम शाखा र उपशाखा स्थापना गर्ने,व्यवसायीक एकता कायम गर्ने,मझौला र घरेलु उद्योगलाई प्रवर्धन गर्ने वताउदै विगतमा प्रथम कार्यकाल महासचिव र द्धितिय कार्यकाल उपाध्यक्ष भएर कार्य गरिरहेकाले सवै व्यवसायीहरुको मर्का वूझेको वताए । व्यवसायीका विचमा निरन्तर कार्यगरि घूलमिल भएका कारण मेरो जित सूनिश्चित रहेको वताए ।

लोकतान्त्रिक समूहमा मानसिंह भण्डारी,राजन कूमार जोशी, राजन श्रेष्ठ,कृष्ण प्रसाद शर्मा, मधुसूधन उपाध्याय,दिपेन्द्र गीरी,योगराज गीरी,शिव श्रेष्ठ,शिवशर्मा पौडेल, महम्मद नसीव मियां,शम्भू कूमार जोशी,राजेन्द्र कर्माचार्य,रामू शर्मा,हेम शर्मा पौडेल,रवि कूमार श्रेष्ठ,धनपती आचार्य,कमलनारायण जोशी,चित्र वहादूर क्षेत्री,चित्र लाल रेग्मी,कृष्ण वहादूर मल्ल,सुवर्ण अर्याल,शैलेन्द्र कूमार कर्माचार्य, अनिष श्रेष्ठ महिला सदस्यमा पशूपती कार्की शर्मा र शोभा आचार्य शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।


त्यसै गरि वाम गठवन्धनमा ठाकुर वि. पौडेल,सूनिल भूषाल,राजन गूरुड,कमल वहादूर जि.सी चित्र वहादूर अधिकारी गोपाल,रमेश शर्मा लामिछाने,मिन प्रसाद शर्मा,विकास विश्वकर्मा,राजू पौडेल,शेर वहादूर चोचाडगी,नारायण प्रसाद पौडेल,ख्यामराज लामिछाने,कृष्ण प्रसाद भूषाल,सागर श्रेष्ठ,कृष्ण प्रसाद रेग्मी,रामकृष्ण कार्की,जगन्नाथ अधिकारी,तिला गीरी,दिपक अधिकारी,गणेश लामिछाने,टंकनाथ चपाई,सूव वहादूर क्षेत्री,भिम वहादूर नेपाली र महिला सदस्यहरुमा प्रमिला शर्मा,चन्द्रकला शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।


अध्यक्ष १, र २ महिला र २० जना पूरुष सहित जम्मा २३ जना निर्वाचन हुने पदका लागी ५२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सहायक प्रमूख जिल्ला अधिकारी डिल्ली राम शर्मा पौडेलले वताउनू भयो । उता वर्तमान कार्य समितका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने चर्चा भए पनि उनले उम्मेदवारी नै दर्ता गरेका छैनन् । आगामी चैत्र ३ गते हूने निर्वाचनका लागी पर्वत उद्योग वाणिज्य संघमा जम्मा १ हजार ५ सय ८७ जना सदस्य रहेका छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)