Correspondent, ParbatNepal
8 years ago
1996
रोशन तिवारी चैत्र २ पर्वत । जलजला गाउँपालीका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखिएको र व्यवसायी बाबुराम कार्की र शिव घर्तीको एक्साभेटरमा आगो लगाएको घटनाको स्वतन्त्र बिद्यार्थी यूनियन र नेविसंघले बिज्ञप्ती जारी गरि बिरोध गरिएको छ ।
घटना घटाउने समूहलाई पक्राउ गरि कारबाही गर्न बिद्यार्थी संगठन जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । यो घटनाले व्याक्तिको स्वन्त्रतामाथी धावा बोलेको र व्यवसायीलाई त्रसित बनाउने काम भएको भन्दै स्ववियू र नेविसंघले शान्ति सुरक्षाको माग गरेका हुन् ।
स्वतन्त्र बिद्यार्थी यूनियन गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर क्षेत्री र नेविसंघका बरिष्ठ उपाध्यक्ष आर.सी पौडेल (रामचन्द्र) सहितको हस्ताक्षरित बिज्ञप्तीमा जिल्लाको शान्ति सुरक्षामा यस्ता घटनाले प्रश्न चिन्ह खडा गरेको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेलाई ज्ञापनपत्र सहित शान्तिसुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । साथै घटनामा सलंग्न जोकोहि भएपनि कारबाहिको दायरामा ल्याउन माग गरिएको छ । अध्यक्ष मल्लको गाडीमा कुुकरबम राखेको घटना र एक्साभेटरमा आगो लगाएको घटनाको सर्वत्र बिरोध भएको छ ।
