Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1777




पर्वतमा रोट्¥याक्ट सप्ताह समापन
पर्वतमा रोट्¥याक्ट सप्ताह समापन


चैत ६ पर्वत । बिभिन्न सामाजिक कृयाकलाप गर्दै मंगलबार रोट्¥याक्ट क्लव अफ पर्वतको सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ । फागुन २९ गते कुश्मानगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविमा अक्षयकोष स्थापना गरेर शुरु भएको सप्ताहव्यापी कार्यक्रम कुश्माको गोपाङघाट गुम्बामा मंगलबार औपचारिक कार्यक्रम गरि समापन गरिएको हो । 

एकहप्ता सम्म बिभिन्न कार्यक्रम गरिएको छ । बिगत बर्ष जस्तै यसवर्ष पनि सामाजिक कार्यक्रमहरु क्लवले गरेको अध्यक्ष मिलन पौडेलले जानकारी दिनुभयो । सप्ताहको अवसरमा विभिन्न सामाजिक, शैक्षिक, खेलकुद कार्यक्रम गरिएको पौडेलले बताउनुभयो ।


१८ देखि ३० बर्ष उमेर समूहका युवाहरुको संगठन अन्तराष्ट्रिय क्लबका रुपमा रहेको रोट्¥याक्ट क्लव अफ पर्वतले हरेक बर्ष मार्चमा आफ्नो जन्मोत्सव मनाउने क्रममा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने गर्छ । क्लबका अध्यक्ष मिलन पौडेलले आफ्नो विवाह भोजको खर्च कटाएर आफूले पढेको विद्यालय जनता सुदर्शन माध्यमिक विद्यालयमा अक्षकोषको स्थापना गरर कार्यक्रमको उद्घाटन भएको थियो । दोस्रो दिन आन्तरीक तथा बाह्य पर्यटकको लागि गन्तव्य स्थल बन्दै गएकोकुश्मा वलेवा पुल परिसरमा फोहोर व्यवस्थापनमा देखिएको समस्यालाई न्यूनिकरण गर्नको लागि बृहत सरसफाइ गरेको थियो । तेस्रो दिन क्लबले ट्राफिक सचेतना एवं लागू औषध दुव्र्यसनी सम्बन्धी विद्यार्थीहरुलाई सचेतना जगाएको थियो ।चौथो दिन क्लबले स्थानीय जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगता गरेको थियो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिन कुश्मा नगरपालिका १३ मा रहेका प्रगती आधारभूत विद्यालय र नवजागृती आधारभूत विद्यालयका १५।१५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा देउराली युवा क्लबलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएकोे थियो । 


यस्तै रोट्याक्टले जिल्लाको पहिचान झल्कलने भेषभुषा, संस्कृति सहितको बृहत सांस्कृतिक ¥यालीको आयोजना गरेको थियो । क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तिम दिनमा सप्ताहव्यापी कार्यक्रममा सहयोग पु¥याउनेहरुलाई सम्मान गरेको थियो । क्लवको समापनमा बिभिन्न क्षेत्रमा आवध प्रमुख तथा प्रतिनीधीहरुको सहभागिता रहेको थियो   ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)