Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1989




पिपलटारीमा हाते कढाई ( बुटिक) तालिम सम्पन्न
पिपलटारीमा हाते कढाई ( बुटिक) तालिम सम्पन्न


चैत ११ पर्वत । पर्वतको कुश्मानगरपालिका १० का विपन्न समुदायलाई लघु उद्यम सम्बन्धी सिप हस्तान्तरण गरिएको छ । चौतर्फी विकास श्रोत मञ्च पर्वत र ग्रामीण उधमशीलता विकास केन्द्र बागलुङको सयुक्त आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति पर्वतको सहयोगमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २० दिने व्यवसायीक हाते कढाई ( बुटिक) तालिम दिइएको हो । घरको काम संगै कढाई गरेर आम्दानी गर्न स्थानीय सक्षम हुन सकुन भनेर तालिम दिइएको हो । 

स्थानीय दलित र कम आय भएका १३ जना महिलालाई तालिम दिइएको आयोजकले जनाएको छ । तालिम समापनको अवसरमा प्रमुख अतिथि कुस्मा नगरपालिका उप(प्रमुख सीता काफ्ले लामिछानेले सिकेको सिपलाई व्यवहारमा उतारी लघु उद्यमको माध्यमबाट आयआर्जन गरि आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले लघु उद्यमी लाई सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । 

कार्यक्रममा विशिष्ठ अतिथि पर्वत उद्योग बाणिज्य सघंका अध्यक्ष केदारनाथ शर्मा,नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतका वरिष्ठ उपाध्यक्ष ठाकुर वि.पौडेल घरेलु तथ साना उद्योग विकास समिति पर्वतका उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपाने, उद्यम विकास पोखराका सरकार सम्पर्क प्रतिनिधी करूणा फगामी पुन, चौतर्फी विकास श्रोत मञ्चका सचिव शिवराज शर्माको रोहबरमा कार्यक्रम सम्पन्न भएको थियो । 

तालिममा सहभागी १३ जना प्रशिक्षार्थी महिला लाई प्रमुख अतिथि सीता काफ्ले लामिछानेले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।तालिम समापन समहारोहको अध्यक्षता वडा न १० का वडा अध्यक्ष सुजन विक र कार्यक्रम संचालन चौतर्फी विकास श्रोत मञ्चका उद्यम सहजकर्ता उषा पुर्जाले गर्नु भएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)