Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1730




जनप्रतिनिधिको मनोमानी, कृषिमा कन्जुस्याईं
जनप्रतिनिधिको मनोमानी, कृषिमा कन्जुस्याईं



चैत ११ पर्वत । स्थानीय तहले कृषिमा बजेट छुट्याउन कन्जुस्याईं गर्दा विगतका कतिपय लोकप्रिय कार्यक्रम प्रभावित भएका छन् । कृषि तर्फ युवालक्ष्ँित स्वारोजगार, साना सिंचाई, चैते धानमा अनुदान लगायतका कार्यक्रम प्रभावित भएका हुन् ।

अघिल्ला वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयमार्फत जिल्लाभरका सेवाकेन्द्रमा पठाउने बजेट चालु वर्ष काटिएका छन् । कृषिले व्यवसायिक र व्यवसायोन्मुख किसानलाई लक्षित गरि बितरण गर्ने कार्यक्रम र बजेटको अधिकार चालु वर्षदेखि स्थानीय तहमा गएको थियो । विषयगत कार्यालयका लागि स्थानीय तहमा ‘बित्तिय समानिकरण’ शिर्षकमार्फत बजेट गए पनि कतिपय स्थानीय तहमा कृषि तर्फ बजेट नै छुट्ट्याइएको छैन । ३ वर्षदेखि सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, साना सिंचाई, बैदेशिक रोजगारीबाट फर्केका युवालक्षित अनुदान कार्यक्रम यो वर्ष ठप्प बनेका हुन् ।

जिल्लाभरका स्थानीय तहका लागि चालु वर्ष ६ करोड ७४ लाख बजेट बितरण भएकोमा जनप्रतिनिधिहरुले कृषिलाई प्राथमिकता दिएनन् । कृषिका लागि बिनियोजित बजेट सडक र अन्य पुर्वाधारमा खर्चिंदा जिल्लाको समग्र कृषि क्षेत्र नै प्रभावित भएको हो । गाउ“पालिकाले कृषितर्फको बजेट सडकमा खर्च गरेपछि सबै कार्यक्रम प्रभावित भएको महाशिलाका कृषि संयोजक तेजप्रसाद शर्माले बताए । ‘कृषितर्फको बजेट सबै सडकमा हालिएको छ,’ उनले भने, ‘कृषि सडक भनेपछि विषयगत काम भएको भन्नुहुन्छ । हामी कर्मचारी कार्यालय रुग्दै बस्नेबाहेक कामै छैन । किसान हामीसंग गुनासो गर्छन् । उत्तर के दिने ?’ महाशिलाका अध्यक्ष्ँ राजु पौडेलले विगतमा जस्तो दुई–चार सयको बिउ बितरण गरेर कृषिमा विकास नहुने भएकोले सडक बिस्तार गर्न लागिएको बताए । उनले कृषिका सम्भावना खोजेर व्यवसायिक उत्पादनमा गाउ“पालिकाले जोड दिएको बताए ।

त्यस्तै बिहादी गाउ“पालिकाले पनि कृषिको बजेट सडकमै खर्च गरेको छ । कृषितर्फ करिव चार लाख मात्रै बजेट बिनियोजन गरेको छ । पुंजीगत तर्फको ८ करोडमध्ये चार करोड भन्दा बढी रकम सडकमै बिनियोजन गरेको छ । कृषितर्फको बजेट सडकमा जा“दा उत्पादनमुखी कार्यक्रम ठप्प जस्तै बनेको स्थानीय किसानको गुनासो छ । गाउ“पालिकाले कृषिमा ४  लाखको हाराहारीमा मात्रै बजेट बिनियोजन गरेको छ । ‘आकासे सिंचाईलाई गाउ“पालिकाले ध्यान दिनुपथ्र्यो,’ बिहादी ३ का हरि न्यौपानेले भने, ‘स्थानीय सरकारले नै कृषिमा बेवास्ता गरेपछि कृषिमा निर्भर बस्तीको अवस्था के होला ?’ 

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर करिव ८ करोड बजेट थियो । त्यसबाट ६० भन्दा बढी किसानले ४० हजारका दरमा स्वरोजगारमुलक अनुदान पाएका थिए । करिव २०० बढी साना सिंचाई योजना थिए । चालु वर्ष कृषि क्ष्ँेत्रमा केहि बजेट कटौती भएको थियो । बिनियोजित बजेटमा पनि स्थानीय तहले कन्जुस्याईं गरेको जिल्ला कृषि विकास कार्यालयको टिप्पणी छ । ‘कृषितर्फ ६ करोड ७४ लाख बजेट थियो,’ बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले भने, ‘साढे २ करोड सडकमै खन्याए । बा“की ४ करोड मात्रै कृषिमा छ । त्यो पनि निकै संघर्ष गरेर छुट्याइएको हो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)