Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1744




सत्तल बनाउन २ लाख बढि सहयोग
सत्तल बनाउन २ लाख बढि सहयोग


रोशन तिवारी चैत्र १२ पर्वत । पर्वतको फलेवास ३ शंकरपोखरीमा निर्माणाधिन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् । साविकको शंकरपोखरी ४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उनकी पत्नी सिमा काफ्लेले दिवंगत बाबुआमा अनिरुद्र÷मोतीकुमारी काफ्लेको स्मृतीमा २ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । 

रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उनका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको समितिका सचिव हरिप्रसाद तिवारीले बताए । 

सत्तल निर्माणको काम अहिले चलिरहेको छ । सत्संग समाजले मन्दिरको सत्तल निर्माण गर्न लागेको हो । केहि बर्ष पहिले राधाकृष्ण मन्दिर बनाइएको थियो । सोही मन्दिर परिषरमा सत्तल बनाउन लागिएको हो । सत्तल बनाउन सहयोगको खोजी भैरहेको तिवारीले बताए । 

राधाकृष्ण मन्दिरले बिपन्न परिवारलाई सघाउन ‘धर्म भकारी’ सञ्चालन गर्दै आइरहेको छ । गाउँमा आगलागी पीडित, बिपन्न परिवार तथा खाद्यँन्न अभाव झेलेको परिवारलाई हरेक वर्ष खाद्यँन्न वितरण गर्दै आएको सत्संग तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर परिषरमा निर्माणाधिन सत्तलमा आर्थिक अभाव भएको बताएपछि आफुले सहयोग गरेको काफ्लेले बताए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)