Correspondent, ParbatNepal
8 years ago
3576
पर्वतका विकास लम्साल
प्रदेश नं.
४ को
उद्योग, पर्यटन,
वन तथा
वातावरण मन्त्री
बनेका छन्
। लम्साल
नै पर्वतको
पहिलो फुल
मन्त्री समेत
बनेका छन्
। उनलाई
सोमबार मुख्यमन्त्री
पृथ्वीसुब्बा गुरुङले मन्त्रीमा नियुक्त गरेका
छन् ।
संविधानसभाको दोश्रो निर्वाचन २०७० मा पर्वत २ बाट विजयी बनेका लम्साल गत मंसिरमा सम्पन्न प्रतिनिधीसभाको निर्वाचनमा पर्वत ख बाट निर्वाचित भएका थिए ।
को हुन् लम्साल ?
विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शंकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी विद्यापिठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए ।
२०४१ सालमा भएको शैक्षिक शुल्क वृद्धिको विरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले २०४१ देखि ०४३ सम्म धौलागिरी अंचालाधिशको कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेपेका थिए । लम्साल पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य हुदै प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
२०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्यमा निर्वाचित भएका लम्साल २०६३ मा नेकपा एमाले पर्वतको छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । लम्साल २०५४ को स्थानीय निर्वाचनमा निर्विरोध गा।वि।स। अध्यक्ष बन्दै २०७० को संविधान सभाको निर्वाचनमा पनि विजयी बनेका थिए ।
