Correspondent, ParbatNepal
8 years ago
1709
चैत्र १६,पर्वत । लायन्स क्लव अफ व्रिजसिटिको अध्यक्षमा विमल शर्मा पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बर्ष २०१८ १९ का लागि पौडेल अध्यक्षमा चयन हुनुभएको हो ।ब्रिजसटिको प्रथम उपाध्यक्षमा सुवर्ण अर्याल, देविप्रसाद विलासी,तृतिय उपाध्यक्षमा सन्दिपमान श्रेष्ठ, सचिवमा विकास सुनार, कोषाध्यक्षमा द्रोणराज पौडेल, र सदस्यमा भुवन रिजाल लगायत २१ सदस्यीय समिति गठन गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गदै निर्वतनमा अध्यक्ष विमल शर्मा पौडेलले लायन्स मुल्य मान्यतालाई आत्मसाथ गदै सबैलाई मिलाएर अगडी बढ्ने बताउनु भयो ।
डिष्ट्रिक एडभाइजर बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विद्धान गुरुङ, निर्वतमान अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’, काशीकुमार जोशी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
निर्वतमान अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’,को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुवर्ण अर्याल र कार्यक्रमको सञ्चालन निर्वतमान अध्यक्ष विकास सुनारले गर्नुभएको थियो ।
